चाँगुनारायण वडा २ काे प्रथम ऐतिहासिक भेला सम्पन्न, पाैडेलकाे नेतृत्वमा समिति गठन
मंसिर २०, २०८२, शनिबार | राति ०७:०६ बजे | 1225
चाँगुनारायण नगरभित्रकाे सबै वडामा रास्वपाकाे संगठन विस्तार भएकाे छ ।
आज शनिवार चाँगुनारायण वडा २ काे प्रथम ऐतिहासिक भेला सम्पन्न भएसँगै चाँगुनारायण नगरभित्रकाे सबै वडामा रास्वपाकाे संगठन विस्तार भएकाे हाे ।
भेला माफ्त माेहन पाैडेलकाे नेतृत्वमा ९ सदस्य समिति गठन भएकाे छ । पाैडेल यसअघि नेकपा एमालेबाट वडाकाे २ काे निर्वाचित जनप्रतिनिधि समेत हुन् ।
समितिकाे उपसभापतिमा अम्विका दाहाल र सचिवमा माेहन पराजुली चयन हुनु भएकाे छ । यस्तै सदस्यहरूमा रमेश कुमार खत्री, सुभाष चाैलागाईं, श्याम बाबू खड्का, राजु राई, हिद्र्य राज घिमिरे र चिरञ्जीवी घिमिरे चयन हुनु भएकाे छ ।
रास्वपा जिल्ला काेषाध्यक्ष प्रलाद कार्कीकाे अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला नेता रामेश्वर थापा, क्षेत्र १ सभापति रनाेज थापा, नगर सभापति राेशन थापा लगायतकाे उपस्थित रहेकाे थियाे ।
चाँगुनारायण नगरभित्र २ बाहेकका वडामा यसअघि नै समिति गठन भईसकेकाे छ ।
