भक्तपुर नपा वडा नं. ९ दतात्रयमा युवा भेला सम्पन्न
मंसिर १८, २०८२, बिहीबार | साँझ ०६:२३ बजे | 360
मंसिर १८ गते
नेपाल क्रान्तिकारी युवा संघ ९ वडा दतात्रय भेगिय समितिको आयोजनामा स्थानीय युवाहरुको भेला सम्पन्न भयो | कार्यक्रममा नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सदश्य राजकुमार लघुले युवाहरु सैद्वान्तिक र राजनैतिक रुपमा परिपक्व भाइ समाजबादी विचारमा आवद्ध भए मात्र पुँजिवादका को विरोधमा डटेर लडन सकिन्छ भन्नूभयो |
नेमकिपा ९ वडा इकाइ समितिका रामकृष्ण प्रजापतिले युवाहरुले साँस्कृतिक ,खेलकुद र सामाजिक क्रियाकलाप मार्फत समाजसँग भिज्न आबश्यक छ | बैज्ञानिक समाजवादको झण्डा उच्चोपार्न नेपाल क्रान्तिकारी युवा संघमा कामदार वर्गका युवाहरु आवद्ध हुन आजको आबश्यकता हो भन्नूभयो |
कार्यक्रममा युवाहरु हरिकृष्ण दुवाल,निशान लवजु लगायतले नेक्रायुसंघको आबश्यता र संगठन बिस्तार वारे चर्चा गर्नु भयो |
