“संझनामा रुस” को रुसी संस्करण मस्कोमा प्रकाशित


मंसिर १८, २०८२, बिहीबार | साँझ ०५:५९ बजे | 85


“संझनामा रुस” को रुसी संस्करण मस्कोमा प्रकाशित

“संझनामा रुस” को रुसी संस्करण मस्कोमा प्रकाशित भएको छ । यसका लेखक टोलीमा कन्हैया नसनानी, चन्द्रकान्त आचार्य, जंगब चौहान, जीवन लामिछाने, प्रकाशराज रेग्मी, विष्णुबहादुर सिंह छन् । रूसी भाषामा अनुवाद गर्ने टोली : राम बिन्दु श्रेष्ठ, गोपाल तामाङ, लिलिया स्ट्रेल्ट्सोभा, तमारा पोटेमकिना, मारिया लिट्भिनोभा, दिपेश दाहाल गगन। रूसी भाषा संस्करणको सम्पादक: तमारा पत्योम्किना । रुस नेपाल सहयोग तथा मैत्री समाजको साहित्यिक आयोग यो संग्रह प्रकाशनको लागि अध्यक्ष मिखाइल सर्गेइभिच नेक्रासोभप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ । आशा छ यो संग्रहले रुसी पाठकहरुलाई सोभियत रुस प्रतिको नेपाली लेखकीय अनुभूति हेर्न आँखीझ्यालको काम गर्नेछ र हाम्रा दुई देशका जनता बीचको पारस्परिक समझदारीलाई झन गहिरो बनाउन मद्दत गर्नेछ ।

Comments