भ्रम नछरौ र भ्रममा नपरौं
मंसिर १६, २०८२, मङ्गलबार | राति ०८:५९ बजे | 645
भक्तपुर । तत्कालिन नेकपा एस भक्तपुर नगर कमिटीका अधिकांश पदाधिकारीहरुले आफूहरु नेकपा एमालेमा प्रवेश नगरेको स्पष्ट पारेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी आफूहरु नेकपा एमालेमा प्रवेश गरेको भनेर भ्रम छरेको बताएका छन् । यसकारण आफूहरुले स्पष्ट पार्नुपर्ने आवश्यकता भएको उनीहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी भनेका छन् ।
उनीहरुका अनुसार एउटा अनलाइन पत्रिकाले तत्कालिन नेकपा एस भक्तपुर नगर कमिटीका अध्यक्ष डा राजेन्द्र कोजूसहित सम्पूर्ण प्यानल नै एमालेमा प्रवेश गरेको समाचार प्रकाशित गरेको थियो । यो सरासर जनतालाई भ्रम पार्नु हो, भ्रम नछरौं र भ्रममा नपरौ शीर्षक राखेर उनीहरुद्धारा संयुक्त रुपमा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि यस एवीसीडी खवर डटकम अनलाइनले मंगलबार साँंझ मात्रै कोजूले भने, म एमाले प्रवेश गरेको छैन, भ्रममा नपर्नुहोस् शीर्षकमा समाचार प्रकाशित गरेको थियो । भक्तपुर लिवालीका सुरेन्द्र कोजूबारेको यो खवर सार्वजनिक भएलगतै उनीहरुको संयुक्त विज्ञप्ति एवीसीडी खवरलाई प्राप्त भएको हो ।
संयुक्त विज्ञप्ति प्रकाशित गरेकाहरुको नामावली
१ भक्तपुर नगर इन्चार्ज प्रविण बाटी
२ नगर कमिटी उपाध्यक्ष जानुका नेम्हाफुकी
३ नगर उपसचिव राजेन्द्र सुवाल
४ नगर सदस्य श्याम बोडे श्रेष्ठ
५ जिल्ला कमिटी सदस्य न्हुछें बहादुर प्रजापति ।
