भ्रष्टाचार विरोधी अभियन्ताको टोलीद्धारा भक्तपुर नापी प्रमुखसँंग भेटघाट
मंसिर १६, २०८२, मङ्गलबार | दिउँसो ०१:३५ बजे | 710
भक्तपुर । भ्रष्टाचार विरोधी अभियन्ताको टोलीले मंगलबार नापी कार्यालय भक्तपुरका नापी प्रमुखसँंग भेटघाट गरेको छ । अभियन्ता प्रेमध्वज लामाको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख पूणप्रसाद पाण्डेसँंग भेटघाट गरेको हो ।
भेटघाटमा टोलीले सेवाग्राहीको काम तदारुकताका साथ गर्नुपर्नेमा कार्यालय प्रमुखको ध्यानाकर्षण गराए । एक घण्टामा हुने काम तीन घण्टामा हुने गरेको भन्दै टोलीले जनताको कामलाई सहज रुपमा गरिदिनुपर्नेमा जोड दिए ।
कार्यालय प्रमुख पाण्डेले हामी मिलेर जनताको काम सहज रुपमा बन्ने बातावरण बनाउन सकिने बताए । उनले यसको लागि आफूले कर्मचारीहरुलाई विशेष निर्देशन दिई सेवा दिने प्रयास गर्ने प्रतिवद्धता जनाए ।
टोलीमा अभियन्ता लामासहित इन्द्र लामा, सुरेन्द्र कोजूलगगायतका विभिन्न पत्रकारहरुको टोली सहभागी थियो ।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)