रोयम नेपालले भव्यताका साथ मनायो १७ औं वार्षिकोत्सव


मंसिर १६, २०८२, मङ्गलबार | दिउँसो ०१:१८ बजे | 270


रोयम नेपालले भव्यताका साथ मनायो १७ औं वार्षिकोत्सव

जयराम बिडारी

काठमाण्डौ

पारदर्शिता, जवाफदेहीता, र सरोकारवालासँग प्रगतिशील संवाद सुनिश्चित गर्ने उद्देश्यका साथ गठन गरिएको ग्रामीण मुखि युवा अभियान (ROYM) नेपालले स्थापनाको १७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । शुक्रवार बानेश्वरस्थित अल्फा बेटा कम्प्लेक्सको सभाहलमा आयोजित कार्यक्रम रोयम नेपालका अध्यक्ष रोसना गिरीको अध्यक्षतामा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि गैर सरकारी संस्था महसंघ नेपाल लगायत समाज कल्याण परिषदका प्रतिनिधिको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सरकारी प्रतिनिधिहरू, वित्तीय साझेदारहरू, नागरिक समाज संगठनहरू, लगायत रोयम (ROYM)नेपालका साधारण सदस्यहरूको उपस्थितिमा आगामी कार्यदिशा योजना र छलफल गरिएको थियो । सो अवसरमा उक्त कार्यक्रममा रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले युवा-नेतृत्वमा रहेको डिजिटल रणनीतिक रुपमा कोशेढुङ्गा सावित गर्ने बताउँदै १९ जिल्लामा सेवा विस्तार गरिसकेको प्लेटफर्मले सिकाइ, समन्वय र एकताको केन्द्रको रूपमा काम गर्ने, शिपमुलक तालिमहरु तथा युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरि समुदायमा आय आर्जन र आत्मनिर्भरका योजनाहरु अघि बढिरहेको विश्वास व्यक्त गरे । कार्यक्रमले सामाजिक न्याय र दिगो विकास लक्ष्यहरू (एसडीजी) लाई अगाडि बढाउने साझा प्रतिबद्धताद्वारा एकताबद्ध प्रतिष्ठित व्यक्तिहरू, मानव अधिकारकर्मी, युवा नेताहरूको जीवन्त मिश्रणलाई एकसाथ अघि बढाउँदै समुन्नत समाजमा अधिकारको प्रयोगलाई व्यवहारिक रुपमा प्रयोग गर्न सकिनेमा जोड दिेए । सो अवसरमा नारायण प्रसाद घिमिरेद्वारा सामाजिक उत्तरदायित्व लेखापरिक्षण प्रस्तुत गरिएको थियो । प्रतिवेदन प्रस्तुत गर्ने क्रममाा घिमिरेले कार्यक्रमका कर्णाली प्रदेश लगायत अन्य प्रदेशमा र जिल्लाहरुमा सञ्चालन गरिएका युवा स्वरोजगार कार्यक्रमहरुले तत्क्षेत्रको समग्र क्षमता अभिवृद्धिको सवाललाई सशक्त रुपमाअघि बढाएको बताए । उनले घरमा गरिने मानवाधिकार र बाहिर गर्ने मानवाधिकारमा व्यवहारिक समानता कायम गरिएको छ त भनि प्रश्न उठाए । यस्ता अभियान र चालिएको कदमले समाज रुपान्तरण तथा मानवाधिकारको उपयोगका लागि युवाहरुले सक्रियता पूर्वक अघि बढ्न महत्वपूर्ण भूमिका निभाउने विश्वास लिंदै युवा,बाल, किशोर किशोरीका आवाजहरूलाई उनीहरूको समुदाय र बाहिरका समुदायहरूमा परिवर्तनकारी नेतृत्व गर्न सक्षम बनाउने विचार व्यक्त गरेका छन् । साथ-साथै समग्रतामा राज्यबाट ,स्थानीय निकाय मार्फत प्रदान गरिनुपर्ने यस्ता कार्यक्रमहरु भविष्यमा निरन्तरता पाउन सकिने कुरामा ढुक्क हुने अवस्था तर्फ इङ्गित गर्दै सम्बद्ध सरोकारवाला जवाफदेही हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा जयराज कुमार रोय दनुवारले संस्थागत गतिविधि लगायतका सामाजिक संजाल संचालनमा अध्यावधिक गतिविधिका बारेमा प्रकाश पारेका थिए । यसैगरी तारा भुषालले जलवायु परिवर्तन र न्यायका विषयमा प्रकाश पारेकी थिइन् । सहभागिता जनाइएका प्रतिनिधिहरु मध्य कपिल पौडेल भगवती भुषाल लगायतले संस्थागत सुसाशन लगायत आगामी दिनमा संथाको भावि योजनाहरुमा स्पष्ट हुनुपर्ने आवाज उठाएका थिए । अनुप खनालद्वारा सहजीकरण गरिएकोा सो कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

रोयम नेपालले भव्यताका साथ मनायो १७ औं वार्षिकोत्सव

Comments