भुलाँचा सडक खोल्नेबारे भोलि बैठक


मंसिर १५, २०८२, सोमबार | राति ०८:५७ बजे | 220


भुलाँचा सडक खोल्नेबारे भोलि बैठक

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको भुलाँचाको सडक खोल्नेबारे भोलि बैठक बस्ने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भोलि विहान ११ बजे बैठक वस्ने जानकारी गराए । भक्तपुर नगरपालिका वडा नं ४ को आयोजनामा सोमबार पोटरी स्वायरमा भएको जानकारी सभामा नगर प्रमुख प्रजापतिले जनताको समस्या समाधानमा नगरपालिका सधै तत्पर रहेको जनाए । यसअघि सोमबार नै भक्तपुर नगरपालिका वडा नं ४ र ५ का वडा अध्यक्षद्धयले सडक विस्तार आयोजनाको कार्यालयमा पुगेर कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको उनले जनाए । 

Comments