टेलिभिजन सम्बन्धी क्षमता विकासको तालिम


मंसिर १४, २०८२, आइतबार | दिउँसो ०१:१९ बजे | 150


टेलिभिजन सम्बन्धी क्षमता विकासको तालिम

मंसिर, भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप टेलिभिजनको आयोजना १५ दिने टेलिभिजन सम्बन्धी क्षमता विकासको तालिमको तेस्रो दिन शनिबार चालू रह्यो। तेस्रो दिनको तालिममा प्रशिक्षक कृष्ण काजी मानन्धरले सहजीकरण गर्दै टेलिभिजनमा प्रशारण गर्न योग्य भिडियोको क्रियशनका लागि प्रशिक्षार्थीहरुलाई स्वतन्त्र रूपमा विषय छनोट गर्न दिएको थियो । प्रशिक्षार्थीहरुले भक्तपुरको पर्यटन, ऐतिहासिकता, कला र संस्कृति, स्थानीय जनजीवन तथा रहनसहन, स्थानीय व्यवसाय र पेशालाई भिडियो क्रियशनको विषय बनाएका थिए । ख्वप टेलिभिजनका व्यवस्थापक रवीन्द्र प्रसाद कुसीले व्यवस्थापन गरेको उक्त तालिममा २६ जना प्रशिक्षार्थीहरु मध्ये प्रयोगात्मक तालिममा १५ जना प्रशिक्षार्थीहरुको उपस्थिति रह्यो । उक्त तालिम भक्तपुर नगरपालिकाले संचालन गर्न लागेको ख्वप टेलिभिजनको लागि आवश्यक जनशक्ति तयार गर्ने लक्ष्य राखेको छ ।

Comments