कृयाशिल सदस्य मार्फत काङ्ग्रेस प्रवेश गर्ने जेन्जी युवाहरुको बाटो महामन्त्रीद्वयले रोक्दै हुनुहुन्छ :विद्वान गुरुङ
मंसिर १२, २०८२, शुक्रबार | राति ०८:५८ बजे | 130
नेपाली काङ्ग्रेस सम्वद्द युवा ,बिध्यार्थी,महिलाहरुले आज नियमित महाधिवेशनको लागि बृहत् युवा ,बिध्यार्थी भेला काठमाडौंमा आयोजना गरेको छ ।काठमाडौंको तिनकुने स्थित रोयल ब्याङ्कुएटमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङज्युले विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वयले जेन्जी युवाहरु कृयाशिल सदस्य मार्फत काङ्ग्रेस प्रवेश गर्ने बाटो रोक्न खोजेको कुरा बताउनुभयो । अध्यक्ष गुरुङले महामन्त्रीज्युहरुले जुन विशेष महाधिवेशनकोकुरा बाहिर उठाउनुभएको छ त्यो बिषय आज सम्म पार्टिको केन्द्रीय समितिमा प्रस्तावको रुपमा पेश नभएको कुरा बताउदै उहाहरु केवल विशेष महाधिवेशन हस्ताक्षरकर्ताको नाउँमा पार्टी कव्जा गर्न खोजेको भनी बताउनुभयो । फरक प्रसङ्गमा अध्यक्ष गुरुङले काङ्ग्रेस नेता गुरु घिमिरेप्रती इङ्गित गर्दै सुदुरपश्चिम र कर्णालीको जनता एवं कार्यकर्तालाई राउटे भनी गरिएको सम्बोधन निच एवं तल्लोस्तरको भएको कुरा बताउनुभयो । सरकारले फाल्गुन २१ गतेको चुनाव घोषणा गरि पार्टिले चुनावमा सहभागी हुन दल दर्ता गरिसकेको अवस्थामा अब नियमित अधिवेशनको बिकल्प नरहेको र अब सम्पुर्ण तह चुनाव केन्दृत हुनुपर्ने कुरा अध्यक्ष गुरुङले बताउनुभयो ।नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले पार्टी केन्द्रीय सदस्यहरुलाई नियमित अधिवेशनको एजेन्डामा अघि बढ्न सुझाउदै उक्त कुरामा सम्पुर्ण युवा विध्यार्थी ,महिलाहरुको साथ रहनेकुरा बताउनुभयो कार्यक्रममा पार्टिको केन्द्रीय सदस्यहरु मोहन बस्नेत , लक्ष्मि खतिवडा ,कल्याणी रिजाल ,बिध्या तिमिल्सिना ,कुन्दन काफ्ले ,कल्याण गुरुङ ,बाग्लुङ पार्टी सभापती जित शेरचन , गन्डकी प्रदेश उपसभापती मेखलाल श्रेष्ठ , बागमती प्रदेश कोषाध्यक्ष भद्रा भण्डारी ,बागमती प्रदेश पुर्व मन्त्री मसिना खड्का भण्डारि ,सिन्धुपाल्चोक जिल्ला उपसभापती दोर्जे लामा ,पुर्व तरुण दल अध्यक्ष बिनोद कायस्थ ,पुर्व तरुण दल उपाध्यक्ष उत्तम चापागाई ,किसान महासंघ अध्यक्ष गणेश चन्द्र तिमिल्सिना ,महिला संघ अध्यक्ष उषा मिश्र ,तरुण महिला बिध्यार्थी केन्द्रीय सदस्य लगायतको उपस्थिती रहेको थ्यो । कार्यक्रममा नेविसंघको नेता आदर्श मल्ल ,गिता गुरुङ ,नेबिसंघ पुर्व उपाध्यक्ष पुष्प शाही ,तरुण दल केन्द्रिय सदस्य दिल लामा ,किसान महासंघ अध्यक्ष गणेश तिमिल्सिना ,महिला संघ केन्द्रीय सदस्य निनु कर्णले नियमित अधिवेशनको पक्षमा सम्बोधन गर्नुभएको छ । कार्यक्रम नेपाल तरुण दल केन्द्रीय सदस्य तिर्थ गौतमको अध्यक्षतामा सम्पन्न भएकोथ्यो भने कार्यक्रमलाई बिध्यार्थी नेता मनिष जङ्ग थापाले संयोजन एवं सहजिकरण गरेका थिए ।
.jpg)