नेक्रामसंघ भनपा १० को अध्यक्षमा प्रचाजपति निर्वाचित 

मंसिर ११, २०८२, बिहीबार | राति ०८:४९ बजे | 795

नेक्रामसंघ भनपा १० को अध्यक्षमा प्रचाजपति निर्वाचित 

कमलविनायक । नेपाल क्रान्तिकारी महिला संघ (नेक्रामसंघ) भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकको अध्यक्षमा गुजेश्वरी प्रजापति चयन भएकी छिन् । वर्तमान देशको परिस्थिति तथा समसामयिक विषयमा प्रशिक्षण तथा नेपाल क्रान्तिकारी महिला संघ भनपा १० वडा समितिको पुनःगठन कार्यक्रम–२०८२ को अवसरमा बिहीबार कमलविनायकमा भएको भेलाले प्रजापतिको अध्यक्षतामा समिति पुनः गठन गरिएको हो ।
भेलामा प्रशिक्षण पनि भएको थियो । प्रशिक्षणमा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य उकेश कवांले प्रशिक्षण दिएका थिए । साथै भेलामा विभिन्न अन्य व्यक्तित्वहरुले पनि आआफनो मन्तव्य राखेका थिए । नेपाल क्रान्तिकारी महिला संघ नेपाल मजदुर किसान पार्टी निकटको महिला संगठन हो । 

फाेटाेमा हेर्नुहाेस्...

Comments