रोयम नेपालको वार्षिक साधारणसभा सम्पन्न गरिने


मंसिर १०, २०८२, बुधबार | राति ०९:१७ बजे | 140


रोयम नेपालको वार्षिक साधारणसभा सम्पन्न गरिने

जयराम बिडारी

मंसिर १०,काठमाडौं

पारदर्शिता, जवाफदेहीता, र सरोकारवालासँग प्रगतिशील संवाद सुनिश्चित गर्ने अभिप्रायका साथ रोयम नेपालको वार्षिक साधारण सभा र सामाजिक लेखा परीक्षण प्रस्तुत गरिने जनाइएको छ । मंसिर १२ शुक्रवारका दिन तदनुसार २८ नोभेम्बर २०२५ का दिन बानेश्वरस्थित अल्फा बेटा कम्प्लेक्समा दिउँसो १:०० बजेबाट सुरु गरिने कार्यक्रममा सरकारी प्रतिनिधिहरू, वित्तीय साझेदारहरू, नागरिक समाज संगठनहरू, र रोयम (ROYM)नेपालका साधारण सदस्यहरूलाई एकत्रित गर्दै उपलब्धिहरूको समीक्षा र आगामी वर्षका लागि रणनीतिक दिशाहरू तय गर्नेछ। कार्यक्रममा सामाजिक कल्याण परिषद, नागार्जुन नगरपालिका, महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालय,वन र वातावरण मन्त्रालय,राष्ट्रिय मानव अधिकार आयोग रोयम नेपालका नेटवर्क र साझेदार संगठनहरू लगायत १०० भन्दा बढी संगठन र सरकारी अधिकारीहरूको सहभागिता रहने बताइएको छ ।गरिएको छ । सो अवसरमा कार्यकारी निर्देशक लुभाराज न्यौपानेद्वारा रिपोर्ट,महासचिवको रिपोर्ट, लेखा परीक्षक नारायण घिमिरेद्वारा लेखा परिक्षण प्रतिवेदन तथा नेपालको समावेशी शासन, पारदर्शिता, र सरकारी एजेन्सीहरू, वित्तीय साझेदारहरू, र सामुदायिक सरोकारवालासँगको सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरिने कुरा जयराज कुमार रोय दानुवारद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

Comments