मंसिर १२ गते नियमित अधिवेशनको पक्षमा बृहत् युवा बिध्यार्थी भेला हुँदै
मंसिर १०, २०८२, बुधबार | साँझ ०४:३८ बजे | 275
नेपाली काङ्ग्रेस सम्बद्ध युवा बिध्यार्थी हरुले मंसिर १२ गते नियमित महाधिवेशन पक्षमा बृहत् भेला आयोजना गर्दैछ ।तिनकुने स्थित रोयल व्याङ्कुएटमा बिहान ११ बजे बृहत् भेला आयोजना गर्न लागिएको हो । कार्यक्रमको तयारी स्वरुप आज जमल स्थित येल्लो प्यागोडामा बैठक बसेको छ ।बैठकमा पार्टिको बाग्लुङ जिल्ला सभापती जित शेरचन ,तरुण दल अध्यक्ष विद्वान गुरुङ ,महिला संघ अध्यक्ष उषा मिष्र , नेपाल किसान महासंघ अध्यक्ष गणेश चन्द्र तिमिल्सिना लगायत नेतागण हरुको उपस्थित रहेको थियो । नेपाली काङ्ग्रेस समबद्द महिला केन्द्रीय सद्स्स्य ,तरुण दल केन्द्रीय सदस्य ,युवा एवं बिध्यार्थी संघ केन्द्रीय सदस्यहरु ,आस्थावान युवा बिध्यार्थी हरु बैठकमा सहभागी थिए ।कार्यक्रमको दिन विभिन्न ठाउँबाट र्याली सहित कार्यकर्ताहरु उपस्थित हुने जानकारी बैठकमा गराइएको छ । कार्यक्रमा नियमित अधिवेशनको भावनामा वक्ताहरुले सम्बोधन गर्ने कुराको जानकारी विध्यार्थी नेता मनिषजङ्ग थापाले जानकारी दिए ।
