स्वर्गीय प्रजापति संस्थाको पक्षमा अडिग भई निरन्तर लागिपर्ने राम्रो व्यक्ति
मंसिर ९, २०८२, मङ्गलबार | दिउँसो १२:१६ बजे | 730
भक्तपुर, ९ मंसिर । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा उपाध्यक्ष श्री प्रसाद प्रजापतिको श्रद्धाञ्जली सभा गछें संस्थाको सभाकक्षमा मंगलबार सम्पन्न भयो ।
श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै नेमकिपा भनपा ९ का अध्यक्ष एवम् सल्लाहकार कृष्णभक्त लवजूले सहकारी स्थापना गर्न सकृय भई तल्लो वर्गको उत्थानको लागि सहकारीको अपरिहार्यता महशुस गरी दर्ता पछि प्रारम्भिक सभामा भेटघाट पछिमात्र चिनजान भएका श्री प्रसाद संस्थाको पक्षमा अडिग भई निरन्तर लागि पर्ने राम्रो कामको अनुशरण गर्नुपर्ने बताउनुभयो । उहाँले समयमा रोग पत्ता नलाग्दा अन्तिम अवस्थामा क्यान्सरका कारण निधन भएकोले स्वास्थ्य प्रति सचेत हुनु पर्ने बताउनुभयो । उहाँले मानिसको मृत्यु असंम्भावी भएको बताउँदै जीवीत भएसम्म सामाजको हितको निम्ति काम गर्नुपर्ने बताउँदै हरेक मानिसमा गुण अवगुण हुने तर गुणहरुबाट हामीले सिक्नुपर्ने बताउनुभयो ।
श्रद्धाञ्जली सभामा शोकमन्तव्य राख्दै सल्लाहकार रामकृष्ण प्रजापतिले आज हामी सबैजना अत्यन्त पीडा, शोक र गहिरो वियोगका बीच यहाँ भेला भएका छौं । गुरुगणेश बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष, संस्थापक सचिब र अध्यक्ष र प्रबन्धक समेत काम गरी सकेका श्री प्रसाद प्रजापति समर्पित, इमानदार, दूरदर्शी र समाजसेवी व्यक्तित्वलाई गुमाउनुपर्ने यो कठोर क्षणले अत्यन्त दुःखदायी भएको बताउनुभयो । उहाँले पदधिकारी मात्र नभई सहकारी आन्दोलनका दृढ समर्थक, समुदायका अभिभावक र निष्कलङ्क सेवाभावका भएको बताउनुभयो । उहाँले सदस्यहरुको विश्वास जितेर सहकारीलाई पारदर्शी, अनुशासित र सदस्यमुखी बनाउनु अग्रणी भूमिका खेल्नुभएको बताउनुभयो । उहाँले मानिस जन्मेपछि मृत्यु निश्चित छ । तर मृत्युलाई पाहाड जस्तो गु¥हुँगो बनाउने की प्याँख जतिकै हलुका बनाउने उसले समाजमा गरेको योगदानमा भर पर्छ भन्नुभयो । उहाँले कुनै मानिस आँमा राखेपछि नभिज्ने हुन्छ । देश र जनतको हितमा काम गरे अमरत्व प्राप्त गर्ने भएकोले सर्वश्रेष्ठ प्राणी मानिस भएकोले मरेर पनि आफ्नो नाम जीवीत राख्न समाजको निम्ति काम गर्नुपर्छ भन्नुभयो । उहाँले यस दुःखद क्षणमा सहकारी परिवार उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनलाई धेर्य धारण गर्न सकोस् भनि हार्दिक समवेदन प्रकत गर्नुभयो ।
श्रद्धाञ्जली सभामा अध्यक्ष कृष्णराम कासछ्वाले २०६१ सालमा युवा समूह गठन गरी ३३ जना साथीहरु मिलेर २०६३÷०६४ मा सहकारी डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता गर्न कार्यमा सकृय श्रीप्रसाद विभिन्न पदमा रहि निरन्तर सहकारीमा सकृय व्यक्तित्व हुनुहुन्छ भन्नुभयो । उहाँले हजारौं तारामा एक वटा तारा विलय भएको बताउँदै उहाँको योगदानबाट सिक्दै सहकारीले मंसिर १० गते शोक विदा दिने समेत घोषणा गरेको बताउनुभयो ।
श्रद्धाञ्जली सभामा सचिव सत्यराम ज्ञामरु, सदस्य रामकृष्ण लावजु, राजु सिं बजिकोले पनि श्री प्रसादको योगदान र स्वस्थ्य सचेतना बारे बोल्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
.png)