ख्वप साकोसमा धन्यवाद ज्ञापन सम्पन्न
मंसिर ९, २०८२, मङ्गलबार | विहान ११:४२ बजे | 300
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.संचालक समितिको आयोजनामा धन्यवाद तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भयो संस्थाका अध्यक्ष राजकुमार लघु भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २०८२ कार्तिक २९ गते भक्तपुर बैक्वेट्मा सम्पन्न गरिमामय २१औं साधारणसभाबाट संचालक सदश्य पदमा निर्बिरोध निर्वाचित भएको सुखद अबसरमा सो कार्यक्रम आयोजना गरिएको थियो | कार्यक्रम संस्थाका अध्यक्ष राजकुमार लघुले धन्यबाद तथा बधाई ज्ञापन कार्यक्रम आयोजना गर्नु भएकोमा आभार प्रकट गर्दै जिल्ला संघको नेतृत्वमा गएर नेतृत्व गर्न पाउनु आफू र ख्वप बचतका लागि गौरबको विषय हो |यो सम्मान कार्यक्रमले सहकारी आन्दोलनको बिकाशमा अझ जागरुक भएर लाग्ने हौसला मिलेको छ भन्नुभयो |
ख्वप साकोसका सचिब अमर बासुकलाले हार्दिक बधाई दिन्दै कार्यकाल सफलताको हार्दिक शुभकामना ब्यक्त गर्नु भयो |
संस्थाका कोषध्यक्ष लक्ष्मी नारायण सुवालले संस्थाका अध्यक्ष राजकुमार लघु जिल्ला संघको संचालक समिति सदश्यमा निर्बिरोध निर्बाचित भएकोमा बधाइ दिन्दै सहकारी आन्दोलनको बिकासमा ख्वप साकोसको नाम थप उचचो पार्न सकोस भन्नी शुभकामना दिनु भयो |
कार्यक्रममा संस्थाका सचिब अमर बासुकलाले जिल्ला संघका निर्वाचित संचालक सदश्य राजकुमार लघुलाई खादा ओढाइ सगुन दिई सम्मान गर्नु भएको थियो | कार्यक्रममा संचालक सदश्यहरु राजेश ब्यान्जु,राजाराम सुवाल,चण्डेश्वोरी याकामी,कृष्ण प्रसाद आचार्य र ब्यबस्थापक रत्ना ब्यान्जुले पनि बधाई ज्ञापन दिनुको साथै कार्यकाल सफलताको हार्दिक शुभकामना ब्यक्त गर्नु भएको थियो |
फाेटाेमा हेर्नुहाेस्...
