कमलविनायक सडक छिट्टै बनाउनुपर्ने मागसहित ध्यानाकर्षण


मंसिर ८, २०८२, सोमबार | साँझ ०४:४१ बजे | 325


कमलविनायक सडक छिट्टै बनाउनुपर्ने मागसहित ध्यानाकर्षण

भक्तपुर, ८ मंसिर । भक्तपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाको नेतृत्वमा बेखालदेखि लान्चाफल्चा हुँदै व्यारेकसम्मको नगरकोट सडक खण्डमा धुलाम्मे र पानी परे हिलाम्मे हुने साथै सडक खल्डाखुल्डीले गर्दा दुर्घटना र सडक जाम समेत हुने भएकोले स्थानीयबासीहरु सहित प्रतिनिधि मण्डल (डेलिगेशन) बाटो छिट्टै बनाउनुपर्ने माग बारे सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशको ध्यानाकर्षण गर्नुभयो । 
    वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले उक्त क्षेत्रको बाटोमा पेटी र ढल सहित निर्माण गर्न स्थानीय वडाबासीहरुको सहयोगमा सडक विभागसम्म ध्यानाकर्षण गराउन पहल गर्ने बताउँदै नगरविकास सहित विभिन्न सरोकार वाला संघसंस्थामा पहल गरी रहेको बताउनुभयो । 
    सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले २०८२ मंसिर ९ गतेदेखि अलकल्ता सहितको टालटुल गर्ने, असपाल सहित स्तोरन्नती गर्न मंसिर १७सम्ममा ठेक्का प्रक्रिया अगाडि बढाउन टेण्डर गर्ने र माघ मसान्तदेखि असपालको काम सुरु गरेर फागुन १५ गतेसम्ममा सम्पन्न गर्ने आश्वासन दिनुभयो ।
    उक्त डेलिगेशनमा नेमकिपा भजिसका प्रतिनिधि न्हुन्छेभक्त फोंजूले उक्त बाटो कहिलेदेखि के गर्ने ? मिति सहित उल्लेख गरी अहिलेसम्मको प्रगति बारे जानकारी सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुखले बताउनुपर्ने बताउनुभयो । 
    दैनिक हजारौं सवारी आवतजावत गर्ने सडकमा दिनहुँ जस्तो सडक दुर्घटना भइरहेको र सर्व साधारण बटुवाहरुलाई समेत पैदल यात्रा गर्न जोखिम बढ्दो छ । धुलो, हिलो र खाल्डाखुल्डीले गर्दा स्थानीयलाई समस्या परेको बारे वडासदस्य कृष्णनारायण दुमरु, स्थानीय सरोज सुवाल र वडानिरिक्षक रामकृष्ण प्रजापति लगायतले बोल्नु भएको थियो । 
 

Comments