बालबालिकाका समाचारलाई प्राथमिकता दिन माग


मंसिर ७, २०८२, आइतबार | राति १०:०२ बजे | 70


बालबालिकाका समाचारलाई प्राथमिकता दिन माग

रमेश गिरी
राष्ट्रिय समाचार समिति (रासस) ः
भक्तपुर, ७ मङ्सिर ः देशको भोलीको भविश्य बोकेका बालवालिकाको विषयका समाचारलाई राष्ट्रियस्तरका सञ्चार माध्यमले प्रथामिकतामा राख्नु पर्ने बिभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी एवं सरोकारवालाहरुले माग गरेका छन् ,
आज बालबालिका र सञ्चार समूहले आयोजना गरेको बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले बालबालिका सम्बन्धी महत्वपूर्ण सर्यौ विषय बस्तु भएपनि त्यसलाई उठान गर्न नसक्दा बालबालिका पीडित बन्दै गएको बताईएको छ । 
पछिल्लो समय सरकारी निकायले सार्वजनिक गरेको तथ्यांक अनुसार पनि बालबालिकामा सहजै सामाजिक सञ्जालको पहुँचले ल्याएको बिकृतिले धेरैको भविश्य ओझेलमा परेको तथ्य एवं तथ्यांकमाथि छलफल गर्दै सामाजिक सञ्जालको दुरुपयोगले बालकहरु कुलत र गेममा फस्दै जाने, बालिकाहरु दुव्र्यबहारमा फस्दै जाने गरेकाले यसबारे बालबालका र अभिभावकलाई सचेतना जगाउनु पर्ने आवश्यकता रहेको बताईउको छ ।
कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवालीले बालबालिकामा बिभिन्न नयाँ समस्याहरु थपिदै आएको बताउदै सामाजिक सञ्जालको दुरुपयोगले बालबालिकाको शारीरिक र मानसिक समस्या थपिदै गएको बताउनुभयो ।
उहाँले बालबालिकाका महत्वपूर्ण सयौ विषयबस्तु समाचार माध्यममा उठान नहुँदा बालबालिकाको भविश्य मात्रै नभई देशकै भविश्य आझेलमा पर्न सक्ने बताउदै सामाजिक क्षेत्रका बालबालिकाका विषयलाई समाचार माध्यमले प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चारकर्मी रमेश गिरीले बालश्रम, बाल यौन दुव्र्यबहारको भयावह अबस्था र बालबालिकाको सहभागिताका सवालमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 
उहाँले समाचार संस्थाहरुले बालबालिकाको जोखिमका अनगिन्ती विषयहरुलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्न सके यसले ठूलो सचेतनाको काम गर्ने र बालबालिकालाइई जोखिमबाट बाहिर ल्याउन ठूलो भूमिका निर्वाह हुने बताउनुभयो ।
कार्यक्रममा बालबालिका र सञ्चार समूहका संयोजक गोविन्द खड्काले नेपालका बालबालिकाका प्रमुख सवालका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको बालबालिकाको अबस्था, सरकारी तथ्यांक र बालबालिकाको भविश्य निर्धारणमा मिडियाको भूमिकाकाबारेमा चर्चा गर्नभयो । 
राजनीतिक दलको कार्यक्रमदेखि जेनजी आन्दोलनसम्म बालबालिकाको प्रयोगले ल्याएको मानसिक र शारीरिक समस्याकासाथै शिक्षा, स्वास्थ्य, बाल अधिकारका क्षेत्रमा सहभागि बिभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुले समाचारमा उठाउनु पर्ने विषयहरु माथि चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा सिविसका परियोजना संयोजक उमंग मैनालीले बालश्रम, जोखिममा रहेका बालबालिका, उनीहरुको शिक्षा, स्वास्थ्यको सवाल, उद्धार गरिएका बालबालिका, यौन दुव्र्यबहारमा परेका बालबालिकाका लागि गरिएका कानूनी सहायता, अभिभावक जिविका पार्जन परियोजना लगायतकाबारेमा चर्चा गर्दै सञ्चार माध्यमले बालबालिकाको विषयलाई उठान गर्न सके समास्या समाधानमा राज्यर्ला समेत दबाब पुग्ने बताउनुभयो ।–––
 

फाेटाेमा हेर्नुहाेस्...

बालबालिकाका समाचारलाई प्राथमिकता दिन माग

Comments