७७ जिल्लामा निर्वाचन सहजीकरण समिति गठन
मंसिर ७, २०८२, आइतबार | राति ०९:५३ बजे | 245
काठमाडौं । सरकारले देशका ७७ वटै जिल्लाहरुमा जिल्लास्तरीय शान्ति तथा निर्वाचन सहजीकरण समिति गठन गरेको छ । जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा महिला तथा जेन्जी युवाहरु सदस्य रहने जनाइएको छ ।
आइतबार गृहमन्त्री तथा डिआइजीसँंगको भेटघाटमा यस्तो जानकारी दिएको बैठकमा सहभागी दिवाकर डंगोलले जानकारी गराए । बैठकमा हरेक जिल्लामा एउटा समन्वय समिति गठन गरी जेन्जी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको न्यायोचित अनुसन्धान गरी अगाडि वढ्ने सहमति पनि भएको उनले बताए । अव ड्यु प्रोसेस अफ लको आधारमा पक्राउ परेको र पक्राउ गर्नुपर्नेहरुलाई व्यवहार गरिने उनले जनाए ।
.jpeg)