कार्यालय सेवाग्राहीमैत्री बनाउनुपर्ने


मंसिर ७, २०८२, आइतबार | दिउँसो ०३:५६ बजे | 70


कार्यालय सेवाग्राहीमैत्री बनाउनुपर्ने

भक्तपुर, ७ मंसिर । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा वडाभरिका कर्मचारीहरुको भेला नेमकिपाका केन्द्रीय सदस्य एवम् वडाध्यक्ष रबिन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा वडाको सभाकक्ष आइतबार सम्पन्न भयो । 
कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र ज्याख्वले सर्वभौम जनताको कानुन र क्षेत्राधिकार भित्र बसेर असल, इमान्दार र कर्तव्यनिष्ठ भई जनताको समस्या सहजीकरण र चुस्त बनाउनुपर्ने बताउनुभयो । उहाँले कानुन र क्षेत्राधिकार बाहिर गएर काम गरे अख्तियार दुरुपयोग हुने बताउँदै कार्यालय सेवाग्राही मैत्री बनाउनुपर्ने भन्नुभयो । उहाँले सामाजिक सञ्जालको विकाससंगै सेवाग्राही प्रविधिमैन्त्री भएकोले हरेक सेवाग्राही पत्रकार भएर कर्मचारीहरुले गरेको अनियमितता र दुव्र्यवहार खिचेर सामाजिक सञ्जालमा राख्ने भएकोले सचेतापूर्वक काम गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरु व्यवसायिकता बन्नुपर्ने भएकोले घरको तनाव कार्यालयमा पोख्ने काम गलत भएको बताउँदै संयमित, उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीले जनताको सेवा बाहेक अरु कुनै स्वार्थ नरहेको बताउँदै २०१९ सालदेखि भक्तपुर नगरमा जितेर जनताको सेवा गरीरहेकोले अहिलेसम्म जनताले विश्वास गरेर निर्वाचनमा जनताले नेमकिपालाई जिताई रहेको बताउनुभयो । उहाँले देको मिवा इतापाके आवास योजना बारे गलत प्रचार गरेकोले जानकारी सभा राखेर अगाडि बढेको बताउँदै जेन्जी आन्दोलन पछि कमजोर सरकार भएकोले जहाँतहीं अराजकता बढी रहेकोले हाम्रो कार्यालय, संघसंस्थालाई हानी नोक्सानी पु¥याउन सक्ने भएकोले त्यसलाई बचाउने दायित्व कर्मचारीहरुको भएको र कर्मचारीहरुलाई कसैले दुव्र्यवहार गरे त्यसको प्रतिकार गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरु सार्वजनिक व्यक्ति भएकोले हाम्रो गतिविधि जनताले अवलोकन गर्ने भएकोले जनताको आँखा दुरविन सरह हुने बताउनुभयो । 
    कार्यक्रममा वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, वडासदस्य जितेन्द्र मुनाकर्मी र कृष्णनारायण दुमरुले पनि बोल्नु भएको थियो ।
 

Comments