स्मार्ट हेल्पीङ ग्रुपद्धारा चौथो वार्षिक उत्सव कार्यक्रम सम्पन्न
मंसिर ७, २०८२, आइतबार | विहान ०९:४३ बजे | 480
काठमाडौँ, काठमाडौँ महानगरपालिका अवस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालय अन्तर्गत स्मार्ट हेल्पिङ ग्रुपद्वारा चौथो वार्षिक कार्यक्रम सम्पन्न भएको छ। आजभन्दा चार वर्ष अगाडिदेखि शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई स्टेशनरी सामान लत्ता कपडाहरू सहयोग गर्ने अभियान सो विद्यालयका शिक्षक मनका श्रेष्ठले सुरुवात गर्नुभएको कार्यक्रम हो। जुन कार्यक्रमको लागि सहयोगदाता तथा मनका श्रेष्ठले आफ्ना परिवारका सदस्यहरू तथा आफ्नो सहयोगबाट सुरु गर्नुभएको कार्यक्रम हो | विद्यार्थीहरू बीच एकआपसमा सर सहयोग तथा व्यावहारिक ज्ञान सिकाउनेका उद्देश्यले यो कार्यक्रम सुरु गर्नुभएको हो। स्मार्ट हेल्पीङ ग्रुप द्धारा चौथो वार्षिक उत्सव कार्यक्रमको अवसरमा सोही विद्यालयबाट एसइइ पास गरी गएका तथा स्मार्ट हेल्पीङ ग्रुपमा आबद्ध भएका विद्यार्थीहरूलाई सम्मान तथा विदाई गरियो। सो कार्यक्रमको प्रमुख अतिथि डिजिटल साक्षरता अभियानका अभियन्ता विश्वराज अर्याल हुनुहुन्थ्यो। प्रमुख अतिथिको मन्तव्यमा अर्यालले शिक्षण सिकाइको मूल आधार भनेको विद्यार्थीहरूले एकआपसमा सरसहयोग तथा आफ्नो व्यक्तित्व कसरी राम्रो गर्न सकिन्छ भन्ने किसिमको पाठ सिक्नु नै महत्वपूर्ण रहन्छ। संसारमा चेतनामा आधारित जीवन मूल्य शिक्षाले नै व्यवहारिक ज्ञान दिन्छ भन्ने भनाइ राख्दै मनका श्रेष्ठ म्याडम , सहयोगी दाताहरू ,स्कलरहरू, सक्रिय सदस्यहरू सबै सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। आगामी दिनहरूमा पनि सहयोग निरन्तर चलिरहोस् भन्ने अभिव्यक्ति दिनुभयो | सहयोगी दाताहरूको तर्फबाट उषा सिंहले संस्थाको गरिमामय तथा सहयोगको प्रशंसा गर्नुभयो।स्मार्ट हेल्पीङ ग्रुपको संयोजक मनका श्रेष्ठले स्मार्ट हेल्पीङ ग्रुप खोल्नुको उद्देश्य तथा आजसम्म सहयोग गरिएका विद्यार्थीहरू तथा सहयोग दाताहरूको नाम पढेर सुनाउनुभयो। कार्यक्रमको अन्तमा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद मन्तव्य राख्नुभयो। सो कार्यक्रम कक्षा १० मा अध्ययनरत मनिष रोनियार र कक्षा नौमा अध्ययनरत प्रतिमा कार्कीले सहजीकरण गर्नुभएको थियो।
