रास्वपाको दावी—भक्तपुर १ मा इतिहास रच्छौं, २ मा जित्छौं
मंसिर ६, २०८२, शनिबार | साँझ ०४:४१ बजे | 405
भक्तपुर । राष्टिय स्वतन्त्र पार्टीका केन्द्रिय नेताहरुले आफूहरु हार्ला भनेर एमाले पार्टी चुनावदेखि डराएर भागेको आरोप लगाएका छन् । शाशन सता आफनो कव्जामा नहुँंदा चुनाव हार्ने डरले एमाले चुनावका विपक्षमा उभिएको आरोप उनीहरुले लगाए ।
पार्टी भक्तपुर जिल्ला समितिले जिल्लामा र्यापिट एक्सन टिम (र्याट) घोषणा गर्न शनिबार भक्तपुरमा गरेको कार्यक्रममा उनीहरुले चुनावमा जान्न भन्नु हारको मानसिकता भएको बताए । पार्टी सचिवालय सदस्य गणेश पराजुलीले चुनावको लागि शान्ति सुरक्षाको वातावरण एमालेकै कारणले नभएको दावी गरे । एमाले चुनावको विपक्षमा सडकमा उत्रको कारणले नै कहीकतैबाट शान्तिसुरक्षाको व्यवस्था छैन भने त्यो स्वयम एमाले नै भएको दावी गरे ।
पार्टीका अर्का सचिवालय सदस्य लीमा अधिकारीले चुनावमा जानुको विकल्प नभएको बताए । चुनावबाट आफनो पहिलो नम्वरको पार्टी हुने दावी पनि उनले गरे । उनले भक्तपुरको सन्दर्भमा भक्तपुर क्षेत्र नं १ मा पार्टीले इतिहास रच्ने र क्षेत्र नं २ मा जित निकाल्ने दावी गरे ।
पार्टीका अर्का केन्द्रिय सचिवालय सदस्य हरि ढकालले आफूलाई ठूला भन्ने दलहरु निर्वाचनपछि साइजमा आउने बताए । उनीहरुको अहिलेको अहंकार चुनावको परिणामपछि शुन्य हुने दावी उनले गरे । कार्यक्रममा पार्टी अन्य विभिन्न नेताहरुले पनि आआफनो धारणा राखेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
