भक्तपुरमा कांग्रेस, एमाले त्यागेर सय वढी रास्वपा प्रवेश


मंसिर ६, २०८२, शनिबार | दिउँसो ०३:०४ बजे | 1020


भक्तपुरमा कांग्रेस, एमाले त्यागेर सय वढी रास्वपा प्रवेश

भक्तपुर । भक्तपुरमा नेपाली कांग्रेस, नेकपा एमालेलगायतको सदस्यता त्याग गरेर एक सय भन्दा वढी युवा राष्टिय स्वतन्त्र पार्टी रास्वपमा प्रवेश गरेका छन् । विशेष गरेर सूर्यविनायक र चाँंगुनारायण नगरबासी युवाहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरु सवैलाई पार्टी केन्द्रिय सचिवालय सदस्यहरु लीमा अधिकारी, गणेश पराजुली, हरि ढकाललगायतले संयुक्त रुपमा स्वागत गरेका थिए । 
पार्टी प्रवेश गर्नेहरुमा २०४१ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेर एमालेबाट चार पटक चितपोलका सचिव, २०६० सालमा युवा संघ जिल्ला अध्यक्ष रहिसकेका विकास कार्कीलगायतको रहेको पार्टी जिल्ला अध्यक्ष रामेश्वर वस्नेतले जानकारी गराए ।
 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा कांग्रेस, एमाले त्यागेर सय वढी रास्वपा प्रवेश

Comments