“जेनजी आन्दोलन राजनीतिक आर्थिक र कूटनीतिक प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न”


मंसिर ६, २०८२, शनिबार | दिउँसो ०२:१३ बजे | 245


“जेनजी आन्दोलन राजनीतिक आर्थिक र कूटनीतिक प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न”

काठमाडौँ, ३२ पुतली, विश्वराज अर्याल, बीपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपाल द्वारा “जेनजी आन्दोलन राजनीतिक आर्थिक र कूटनीतिक प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न”गरेको छ |सो कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष माननीय इन्दिरा थापाले गर्नुभएको थियो। सो कार्यक्रमका वक्ताहरूमा डाक्टर उद्धव सिग्देल, जेनजी आन्दोलनका अगुवा मादित अन्सारी, प्राध्यापक डाक्टर गोविन्दराज पोखरेल, पूर्व सचिव मधु रमण आचार्य, प्राध्यापक डा बिपिनचन्द्र अधिकारी हुनुहुन्थ्यो। सो कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको पनि उपस्थिति रहेको थियो। सो अन्तरक्रिया कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी हुनुभएका बौद्धिक सर्कलका व्यक्तिहरू हुनुहुन्थ्यो। जेएनजी आन्दोलन केका लागि जिएनजी आन्दोलनपछिको देशको अवस्था अब आउने भावी अवस्थाको बारेमा धेरै व्यक्तिहरु चिन्तित हुनुभएको देखिन्थ्यो। कानुन र सुरक्षा निकाय कमजोर भएको अवस्थामा देश नै फेलियर हुने हो कि भन्ने अभिव्यक्तिहरू पनि आएका थिए| यसै क्रममा आफ्ना जिज्ञासा राख्ने क्रममा डिजिटल साक्षरता अभियानका अभियन्ता विश्वराज अर्यालले शिक्षा क्षेत्रबाट नै समाधान हुने हो। हामीले कस्ता र कस्तो कसलाई शिक्षा दिएको रहेछ संस्कार संस्कृति प्रकृति र सृष्टिलाई आफ्नै देशमा सम्भावना छ भन्ने प्रकारको वास्तविक शिक्षा दिन सकेको खण्डमा यो यस्तो दुर्दशा बेहोर्नुपर्ने थिएन | प्रविधि हरेक १२ वर्षमा परिवर्तन हुन्छ, तर हाम्रो देशमा राजनीतिक आन्दोलन प्रत्येक १० वर्षमा भएको पाइन्छ यो हुनुको मुख्य उद्देश्य चिन्तन र चेतनाको कमी हो, भन्ने अभिव्यक्ति राख्नुभएको थियो | सहभागीहरूको जिज्ञासा र लिखित सुझाव संकलन विज्ञहरूबाट सम्बोधन भएको थियो। सो कार्यक्रममा धन्यवाद मन्तव्य प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाले गर्नुभएको थियो। सो कार्यक्रमको सहजीकरण भावुकराज न्यौपाने ले गर्नुभएको थियो |

Comments