नयाँ पुस्ताको आन्दोलनबारे प्रवचन


मंसिर ४, २०८२, बिहीबार | विहान १०:५७ बजे | 140


नयाँ पुस्ताको आन्दोलनबारे प्रवचन

भक्तपुर । भक्तपुर जिल्ला बक्सिङ्ग संघको आयोजनामा समसामयिक विषय र नयाँ पुस्ताको आन्दोलनबारे प्रवचन कार्यक्रम एक समारोहबीच लान्चाफल्चा बर्गर हाउसमा बुधबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि भक्तपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंले समय–परिस्थितिले आन्दोलन हुनु नै थियो तर शासक दलहरु सबै मिलि सरकारमा जाने, विश्व विद्यालयदेखि हरेक संघसंस्थामा भागबन्दा गरी खाने र सत्ता पक्षलाई प्रतिपक्षले शसक्त ढंगबाट विरोध र सर्तक नगर्दा नयाँ पुस्ता(जेन्जी)ले विद्रोह र आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले आफ्नो लागि त पशुपंक्षीले पनि गर्छ तर मानिस चेतनशील प्राणी भएकोले सामाजिक दायित्वमा बहन गर्नुपर्ने बताउँदै आफ्नो व्यवसाय र व्यक्तित्व मात्र विकास गर्नु भनेको पूँजीवादी विचार भएको बताउँदै सामुहिकता र सामाजिक उत्तरदायी हुनु माक्र्सवादी दृष्टिकोण हो भन्नुभयो । उहाँले अमेरिकामा रियलस्टे«ट चलाउने व्यापारी ट्रम्प विरुद्ध जोहरान ममदानी विजय हुनुको मुख्य कारण त्यहाँका गरिब जनतालाई महंगो घरभाडाको सत्ता सामुहिक बसोबासको बन्दोबस्त भएको जुन समाजवादी सोचले कामले हो भन्नुभयो । उहाँले कम्युनिष्ट सिद्धान्तले चीनमा गरिबि उन्मुलन सम्भब भएको बताउँदै चीनले २०४० सम्ममा अमेरिकालाई पछारेर विश्वको धनी र शक्तिशाली राष्ट्र बन्ने सम्भावनालाई रोक्न अमेरिकाले जेन्जीमार्फत नेपालको चलखेल गरेको हो कि भन्ने आशंका भएपनि यथार्थ हो होइन निश्चित गर्न अहिले हतार हुने बताउनुभयो । उहाँले सिद्धान्त र संगठन विना आन्दोलन र संघर्ष बलिदानमा टुङ्गिने बताउँदै अध्ययशील र संगठित हुनुपर्ने बताउनुभयो । उहाँले सामान्ति युगमा धर्मले नियन्त्र गर्ने र क्रिष्टियन धर्ममा धर्म प्रबर्धन युगमा भौतिकवादी दृष्टिकोणको चेतले नभएको देवता मान्नुभन्दा आफ्नो शरीरको बारे अध्ययन गर्नुपर्ने तर्क आएपछि विज्ञानको विकास भएको बताउनुभयो । उहाँले आधुनिक राज्य विकास भएपछि सार्वभौम देशहरुलाई अमेरिकाले आफ्नो नियन्त्रणमा राख्न कहिले इरान, कहिले इराक, कहिले अफगानिस्तानलाई आफ्नो कब्जामा राखेर त्यहाँबाट विभिन्न देशमा हान्ने गरेको बताउनुभयो ।
    कार्यक्रममा वडाध्यक्ष एवम् भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवालले नेपालको सबभन्दा फोहर भनेर चिनिएको भक्तपुर एसिया कै सफा शहरको रुपमा विकास गर्न नेपाल मजदुर किसान पार्टीका अग्रजहरुको योगदान गरेको बताउँदै नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरुले भक्तपुर नगरपालिकामा विजयसंगै सरसफाईमा नमुना, शिक्षा, स्वास्थ्य र खेलकुदमा आमुल परिवर्तन भएको बताउनुभयो । उहाँले पर्यटन शुल्कबाट सम्पदा संरक्षण र सरसफाई गरिरहेको बताउँदै यहि मंसिर २५ गतेदेखि विद्यालय स्तरिय नगरव्यापी खेलकुद प्रतियोगिता हुने जानकारी दिनुभयो ।
    कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभपतित्वमा भएको कार्यक्रममा बोल्दै नियमिति बैठक र बचत कार्यक्रमलाई सहि सदुपयोग गरी सदस्यहरुलाई हरेक दृष्टिकोणले सक्षम बनाउन प्रत्येक महिनामा विशेषज्ञहरुबाट प्रवचन कार्यक्रम राख्दै आएको बताउनुभयो भने स्वागत नेपाल बक्सिङ्ग महासंघका कोषाध्यक्ष गौतम सुजखुले स्वागत मन्तव्य राख्नुभयो । 
 

Comments