भक्तपुरमा सम्पदा पदयात्रा सम्पन्न


मंसिर ३, २०८२, बुधबार | राति ०९:१४ बजे | 185


भक्तपुरमा सम्पदा पदयात्रा सम्पन्न

बुधबार सम्पदा चिनौ र चिनाऔं महाअभियान अन्तर्गत भक्तपुर नगरको पूर्वी क्षेत्रमा स्थित हाल पहिचान हुन अप्ठ्यारो भैराखेको (परिवर्तित) बौद्ध सम्पदाहरुको स्थलगत अध्ययन भ्रमण सम्पन्न भयो । समयानुकुल, यस बिषयमा चासो र चिन्ता राख्ने महानुभावहरू बौद्ध अध्ययताहरू, पुरातत्त्वविधहरू, विभिन्न संघसंस्थाहरू, सम्पदामा रुचि राख्नेहरूको उल्लेख्य सहभागिता यात्रा भक्तपुर नगरपालिका वडानं. १० मा अबस्थित कमलविनायक,( याथुर बिहार ) बाट शुरू भई भिक्षुणी संघको विहार भएको शिलापत्र भेटिएको स्थल वाचुहिति, देगःईना, खुशी विहार (हनुमान घाट), सुक्कुध्वाकाको लुँ बहि, विश्वकर्मा छेः को चैत्य स्थल, दीपंकर प्रशन्नशील महाविहार, शारदा मा.वि. चैत्यस्थल,अन्तमा पुगी समापन भएको थियो । ती सम्पदाहरुका बारेमा जानकारी स्थानिय सुरेश ज्योति शाक्य र टिप्पणीकारका रुपमा बसन्त महर्जन गर्नु भयो । अनुमानित समय-२ घण्टा स्थलगत भ्रमण र १ घण्टा अन्तरक्रिया र छलफल गरियो । छलफलमा विभिन्न महानुभावहरू आ-आफ्नो जिज्ञासा र विचार राख्नुभयो । मुनि विहारका, विहार प्रमुख भिक्षु विपस्सी धम्मारामो महास्थविरज्यूले मुनि विहारको स्थापना तत्कालीन ल्हासा व्यापारी मुनि बुद्धाचार्यले गर्नुभएको देखि हालसम्मको संक्षिप्त जानकारी दिनु भयो । सम्पदा चिनौं चिनाऔं महाअभियानका वशन्त महर्जनले सहभागी सबैलाई धन्यवाद दिनु भई कार्यक्रम सम्पन्न भयो ।

Comments