सञ्चारकर्मी तथा सामाजिक अभियन्ता राजन थापालाई ‘विशेष नागरिक सम्मान–२०८२’
मंसिर २, २०८२, मङ्गलबार | राति १०:१४ बजे | 110
काठमाडौं । सामाजिक रूपान्तरणमा क्रियाशील संस्था नागरिक समाज–Civil Society for Social Transformation Nepal ले सञ्चारकर्मी तथा सामाजिक अभियन्ता राजन थापालाई विशेष नागरिक सम्मान–२०८२ प्रदान गरेको छ। संस्थाका अध्यक्ष यामबहादुर जी.सी. का अनुसार थापा समाज रूपान्तरण, नागरिक उत्तरदायित्व, पारदर्शिता र लोककल्याणमा निरन्तर सक्रिय रहेकाले उनी योग्य ‘विशेष नागरिक’का रूपमा सम्मानित भएको बताए। उनले थपे, “कठिनताका बेला अस्पताल–अस्पताल पुगेर सेवामा खटिने व्यक्ति राजन थापा नै हुन्। योग्य व्यक्तिलाई योग्य सम्मान दिनु नै संस्थाको नीति हो।” भूकम्प, लकडाउन र कोभिड–१९ को समयमा थापाको योगदान थापा २०७२ को भूकम्पदेखि नै राहत, उद्धार तथा पुनःस्थापना काममा अग्रसर रहे। लकडाउन र कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा पनि उनी अग्रपंक्तिमा खटिएर— औषधि, PPE, मास्क, सेनिटाइजर वितरण विपन्न परिवारलाई खाद्यान्न सहयोग अक्सिजन अभावमा एम्बुलेन्स तथा अस्पताल समन्वय बिरामीलाई आपतकालीन सहयोग जस्ता काम मार्फत उल्लेखनीय सेवा पुर्याए। सूचना प्रवाह, तथ्य–विश्लेषण तथा पत्रकारितामार्फत जनचेतना वृद्धि गर्ने उनको निरन्तर प्रयासले प्रेस स्वतन्त्रता र सामाजिक उत्तरदायित्व मजबुत बनाउन योगदान गरेको संस्थाको भनाइ छ। स्वास्थ्य क्षेत्रमा पनि सक्रिय भूमिका राजन थापा हाल ॐ समाज डेण्टल अस्पतालका बोर्ड सदस्य समेत रहेर स्वास्थ्य सेवाको पहुँच विस्तार, जनचेतना अभिवृद्धि र सामाजिक उत्तरदायित्वका कार्यक्रममा सक्रिय भूमिका निभाउँदै आएका छन्। अतिथिको प्रतिक्रिया कार्यक्रमका प्रमुख अतिथि, प्रतिनिधिसभाका उपसभामुख माननीय सिंहबहादुर रानाले थापाको मानवीय सेवा र पत्रकारितामूलक योगदानले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। कार्यक्रम सञ्चालन सम्मान समारोह कार्यक्रम संयोजक टिका बहादुर थापाको संयोजनमा सम्पन्न भयो। संस्थाले थापाको उत्तरोत्तर प्रगति, दीर्घायु, उत्तम स्वास्थ्य तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।
