देको मिवा जग्गा एकीकरण आयोजना विवादबारे के भने मेयरले ?


कार्तिक ३०, २०८२, आइतबार | राति ०८:५१ बजे | 815


देको मिवा जग्गा एकीकरण आयोजना विवादबारे के भने मेयरले ?

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा ठूलो ब्यासीमा वडा कार्यालयबाट भएका सेवा प्रवाह र समसामयिक विषयमा आइतबार जानकारी सभा भएको छ । सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतले विभिन्न विषयमा जानकारीहरु दिए । 
सभामा मेयर प्रजापतिले देको मिवा जग्गा एकीकरण आयोजनामा कोही पनि वास्तविक पीडितलाई पीडा नदिने स्पष्ट पारे । वास्तविक कोही पनि पीडितलाई न्याय दिने उनको भनाई थियो । तर विरोधका लागि विरोध गर्नेलाई पन्छाएरै आयोजनाको काम अगाडि लाने उनले जनाए । 
कोही पनि पीडित हुनुहुन्छ भने हामी वार्ताको माध्यमबाट समस्या समाधान गरिदिएर अगाडि वढनेछौं, उनले भने, जसरी पनि विरोध गर्नेलाई पनि पन्छाएरै आयोजनाको काम अगाडि वढाउँंछौं । उनले कसैलाई पनि पीडामा पार्ने नगरपालिकाको कुनै सोच नभएको पनि स्पष्ट पारे । साथै आयोजनाको कामबाट नगरपालिकाले कुनै नाफा नखोजी विकासलाई अगाडि वढाउने योजना रहेको पनि उनले सुनाए ।
उनले यसबाहेक नगरपालिकाले गर्दै आएको विविध विषयमा पनि जानकारी गराएका थिए । 
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वले धर्मपुत्रकोबारेमा पछिल्लो पटकको भाइरल काण्डबारे चर्चा गर्दै वदनियतपूर्ण रुपमा किसान संघ मुर्दाबाद भन्ने नारा लगाएको आरोप लगाए । किसानको पक्षमा जहिले पनि आफनो संघ लागिपरेको चर्चा गर्दै उनले राम्रोलाई नराम्रो गलत षडयन्त्र गर्नेहरुका विरुद्ध आफूहरुको हातमा दही जमाएर नबस्ने भन्दै चेतावनी दिए । 
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकला, वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवाल, भक्तपुर नगरपालिका वडा नं २ की वडा सदस्य मञ्जु लाखाजूलगायतले बोलेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

देको मिवा जग्गा एकीकरण आयोजना विवादबारे के भने मेयरले ?
देको मिवा जग्गा एकीकरण आयोजना विवादबारे के भने मेयरले ?
देको मिवा जग्गा एकीकरण आयोजना विवादबारे के भने मेयरले ?

Comments