नेवा: मिसा दबू ख्वप नगर समितिको अध्यक्षमा कर्माचार्य निर्वाचित


कार्तिक ३०, २०८२, आइतबार | राति ०८:३२ बजे | 350


नेवा: मिसा दबू ख्वप नगर समितिको अध्यक्षमा कर्माचार्य निर्वाचित

राम चन्द्र प्रजापति
भक्तपुर ३० कार्तिक। नेवा: मिसा दबू ख्वप नगर समितिको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सुनिता कर्माचार्यको अध्यक्षतामा पुन: निर्विरोध निर्वाचित भयो। उपाध्यक्ष निरु कर्मचार्य, सचिव रेनु कर्माचार्य,कोषाध्यक्ष ललिता अमात्य सदस्यमा आरती छ्वाजु ,कल्पना कर्माचार्य ,रन्जना सुवाल, कमलेस्वरी याकामि,सुनिता सायजु,मनेश्वरी छ्वाजु, पञ्च लक्ष्मी कोजु,बिन्दु शिल्पकार निर्बिरोध निर्बचित भएको नेवा: देय् दबू ख्वप जिल्ला समितिका अध्यक्ष एवं निर्वाचन समितिका संयोजक नरेश सुवालले जानकारी दिनु भयो।

Comments