समाजसेवी चित्रकारद्वारा चैत्य निर्माण


कार्तिक ३०, २०८२, आइतबार | दिउँसो १२:३७ बजे | 165


समाजसेवी चित्रकारद्वारा चैत्य निर्माण

जयराम बिडारी

कार्तिक, काठमाण्डौ

समाजसेवी तथा बौद्ध धर्म उपासक श्यामलाल चित्रकारद्वारा आफ्ना स्वर्गीय माता रत्नमाया चित्रकारको पूण्य तिथिको अवसर पारी तथा दिवंगत पिता वद्रीलाल चित्रकारको सुगतिको कामना गर्दै सम्पूर्ण मानव समाजलाई धर्म शान्ति र भक्तिभावको मार्गमा अघि बढ्न सघाउ पुर्याउने उद्धेश्यले चैत्य निर्माण गरी समुदायमा हस्तान्तरण गरिएको छ । विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्म जयन्तीको पूर्व सन्ध्यामा शुक्रवार एक भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । काठमाण्डौ नगरपालिका वडा नम्बर ५ हाँडीगाउँ रुद्रमति मार्ग स्थित नर: बुद्ध विहारमा आयोजित एक विशेष कार्यक्रमका संयोजन समाजसेवी तथा बुद्ध धर्म उपासक श्यामलाल चित्रकार तथा परिवारद्वारा गरिएको थियो । नर विहारमा करिव छ लाखको लागतमा पारिवारिक स्रोतमा निर्माण गरी समुदायमा हस्तान्तरण गरिएको उक्त कार्यक्रममा आनन्दकुटी महाविहारका प्रमुख भिक्षु धर्ममूर्ति महास्थविर, नर बुद्ध विहारका अध्यक्ष पुण्ण स्थविर तथा विभिन्न विहारबाट आमन्त्रित बौद्ध भिक्षु (भन्ते) हरुवाट मंगलाचरण स्वस्तिवाचन द्वीप प्रज्वलन गरी श्रद्धालु भक्तजनहरुद्वारा फूल प्रसाद अर्पण गरि भव्यताका साथ चैत्य प्रतिष्ठा गरिएको थियो । चैत्य प्रतिष्ठा कार्यक्रममा अभ्यागतहरुलाई स्वागत मन्तव्य राख्दै सनम चित्रकारद्वारा बुद्धको पञ्चशिलको सिद्धान्त पालन गरी वहाँको उपदेशलाई अनुसरण गर्न सकेमा सच्चा भक्तिभाव र सार्थक जीवन बाँच्न सहज हुने धारणा व्यक्त गरेका थिए । उनले मानव कल्याणका लागि बुद्धको शान्ति करुणा र मैत्रीय भावको अनुसरण गर्न पारिवारिक स्रोतमा निर्माण गरि मानव समुदायको कल्याण हेतु समाजलाई हस्तान्तरण गरिएको बताए । कार्यक्रममा बौद्ध विद्वान तीर्थरत्न शाक्यले आम मानिसमा स्वयम्भु दर्शनको प्रभाव रहेको भएपनि अस्तु धातु राखेर चैत्य निर्माण सम्भव नभएपनि चोकचोकमा टोलटोलमा धर्म चैत्य,कीर्ति चैत्य निर्माणले जनमानमा आस्था र विश्वास बृद्धि गर्न सघाउ पुग्ने विचार व्यक्त गर्दै ८२ वर्षको उमेरमा पनि बौद्ध सम्प्रदायमा आस्था र भक्ति बढाउन सहयोग पुगोस् भन्ने अभिप्रायले चैत्य प्रतिष्ठा सम्पन्न गर्नुहुने श्यामलाल चित्रकारको सक्रियताको प्रशंसा गरे । शुभकामना सन्देशका क्रममा लोटस एकेडमी तथा रिसर्च सेन्टरका अध्यक्ष सुरेन्द्रमान बज्राचार्यले (आदी) गौतम बुद्धको देशको रुपमा विश्वमा परिचित मानवजनले बुद्ध भावलाई महसुस गर्ने हो भने बुद्धलाई यत्र तत्र सर्वत्र रुपमा पाउन सकिने बताउँदै हिमाली भेगतिर निर्माण गरिएका चेत्यहरुको फरक विशेषता रहने गरेको भएपनि बुद्ध प्रतिको आश्थामा समानता रहेको बताए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै आनन्दकुटी विहारका प्रमुख धर्ममूर्ति महास्थविर धर्म संघ लगायत पञ्चशिलको अनुशीलन गर्नु नै सच्चा बौद्ध मार्गी हुने स्पष्ट पार्दै पारमिता धर्मलाई पालन गर्दै जाँदा पुण्य सञ्चित हुने भएकोले आजको भौतिकवादले ग्रस्त समाजमा श्यामलाल चित्रकारको सुकर्मको प्रशंसा गरे । उनले विश्वशान्तिका लागि मात्र नभइ वर्तमान अवस्थामा असान्तिले आक्रान्त पारिरहेको परिवेशलाई मानिसले आत्म चिन्तनको माध्यमबाट शान्ति प्रापत गर्नुपर्ने र त्यसका लागि असल मन र परोपकारी स्वभाव भएका चित्रकारको सुकर्मले समाज सहि दिशामा अघि बढ्ने बताए । उनलेा मानव कल्याणका लागि २५ सय वर्ष अघि प्रतिपादित गरिएको बुद्धको उपदेश आज पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । जीवनको अन्त्यमा सवै कुरा यहि संसारमै छाडेर जानुपर्ने कटु यथार्थता रहेतापनि अशल र खराव कर्मको कमाई भने साथै जाने भएकोले बुद्धको पञ्चशिलको सिद्धांत पूर्ण परिपालनबाट जीवन धन्य हुने उल्लेख गर्दै सत्मार्गमा लाग्न सवैलाइ प्रेरणा मिलोस् भन्ने कामना गर्दै समारोहमा धर्मदेशना समेत गरिएको थियो । सो समारोहमा नर: बौद्ध विहार प्रमुख पुण्ण भन्तेबाट दाता श्यामलाल चित्रकार तथा परिवारजनमा आशिर्वचन प्रदान गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथि लगायत विशेष अतिथिका रुपमा आमन्त्रित व्यक्तित्वहरुलाई उपहार प्रदान गरिएको थियो । नरेश डङ्गोलद्वारा सहजीकरण गरिएको कार्यक्रममा समानान्तर बौद्ध पत्रिकाका सम्पादक दीपक भेटुवाल दीपसागर माइण्ड प्लसका प्रवन्ध निर्देशक नवीन पल्लव समाजसेवी तथा सञ्चारकर्मी कुमार रन्जित श्याम नापित लगायत सयौंका संख्यामा आफन्त लगायत श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो । उपस्थित अभ्यागत हरुलाई नास्ता तथा खानाको प्रवन्ध समेत गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

समाजसेवी चित्रकारद्वारा चैत्य निर्माण
समाजसेवी चित्रकारद्वारा चैत्य निर्माण

Comments