सकियो निओ फ्युजनको लन्च हाइकिङ्ग प्रतियोगिता
कार्तिक २९, २०८२, शनिबार | साँझ ०६:५३ बजे | 310
भक्तपुर । नेपाल स्काउट, निओ फ्युजन ओपन रोभर रेञ्जर क््रयुको आयोजनामा स्काउट लन्च हाइकिङ्ग प्रतियोगिता ब्रम्हायणी पीठमा एक कार्यक्रम बीच सम्पन्न गरिएको छ ।
“स्काउटले गरेका सेवा र कार्यक्रम समाजले नजिकबाट अंगालिएको देखिन्छ ।” कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपमेयर एव स्काउट प्रमुख रजनी जोशीले बताउनु भयो । भक्तपुर नगरपालिकाले स्काउटिङ्ग क्षेत्रलाई मजवुद र समग्र विद्यालयमा अनिवार्य स्काउट कक्षाको व्यवस्था गर्न पहल गरेको बताउनु भयो । समाजलाई नजिकबाट सहयोग गर्न सकिने संस्था नै स्काउट हो । बालबालिकादेखि बृद्धसम्मले पनि स्काउटिङ्ग गरिएको देख्दा स्काउटको छुट्टै स्थान रहेको छ जोशी बताउँछन् । समय र आर्थिक पाटोलाई पनि एक मितव्ययी तरिकाले संस्था अघि बढिरहेको बताउनु भयो । आवश्यक कार्यक्रमहरुलाई मध्ये नगर गरी स्काउटलाई केहि सहयोग गरिरहेको र गरिरहने बताउनु यो । समाज र नगरका लागि स्काउटले महत्वपूर्ण भुमिका खेलेको बताउँदै सम्पन्न दोस्रो भक्तपुर महोत्सवमा पनि स्काउटले निकै राम्रो जिम्मेवारी वहन गरेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि स्थानीय प्रमुख आयुक्त बालकृष्ण बनमालाले महंगीको भुमरी रहेको बेलामा पनि एक सय रुपैयाले यसरी बृहत कार्यक्रम गरेको एक अनुकरणीय रहेको बताउनु भयो । स्काउटका दश नियमले र सिद्धान्तले मानव जीवनलाई उकृष्ट बनाउने बताउनु भयो । विद्यालयका स्काउट ट्रुपहरु तथा रोभर रेञ्जर क््रयुहरुले विविध रचनात्मक कार्यक्रमहरु अहिले तिव्र रुपले सञ्चालन गरिदै आइरहेको छ भन्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि रामगोपाल कर्माचार्यले स्काउट शिक्षा अब परिवारलाई पनि दिन पर्ने बताउनु भयो । स्काउट शिक्षा हालको देशलाई हेर्ने हो भने कुन बेला के हुन्छ थाहा नहुने भएकाले स्काउट शिक्षाले आफुलाई र अरुलाई सेवा गर्न सक्षम हुने भएकाले स्काउटको शिक्षा सबैलाई अपरिहार्य भएको बताउनु भयो । आजको गतिविधिले बालबालिकालाई मात्र नभई युवा पिडिलाई समेट राम्रो र व्यवहारिक मार्गदर्शन हुने बताउनु भयो ।
कार्यक्रममा वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद कर्माचार्यले विद्यालयमा स्काउट कक्षाले केहि रुपमा अनुशासन, आदर तथा व्यवहारिक क्षेत्रमा भिन्नता भएको बताउनु भयो । सरकारी विद्यालयमा भक्तपुर नगर क्षेत्रभित्र एक बृहत स्काउट कक्षा सञ्चालन गरिदै आइरहेको बताउनु भयो । विद्यालयमा केहि उत्सृखल विद्यार्थीहरुलाई स्काउट कक्षा अनिवार्य गर्दा केहि रुपमा राम्रो व्यवहारमा आएको हुनाले विद्यालयमा स्काउट कक्षा गरेको फलदायी भएको बताउनु भयो ।
कार्यक्रमका अतिथि हिमालयन ग्लोरी इङ्गलिश स्कुलका प्राचार्य एवं स्थानीय परिषद सदस्य कृष्णराम त्वाय्नाबासुले विद्यालयको विविध क्रियाकलापमा स्काउट कक्षाले सघन पु¥याएको बताउनु भयो । विद्यालयको मात्र नभई विद्यार्थीको कार्यमा फरकता भएको बताउनु भयो । स्काउटका विविध क्रियाकलापले विद्यार्थीहरु एक छुट्टै कार्य क्षमताको बृद्धि भएको बताउनु भयो ।
कार्यक्रममा पारागन एकेडमीका प्रिन्सिपल पुण्यराम कवांले आफुले पनि स्काउटका विभिन्न क्रियाकलाप जस्तै क्याम्प, हाइकिङ्ग आदि कार्यक्रममा सहभागी हुदाँ कितावबाट पाएको ज्ञान भन्दा फरक र आवश्यक व्यवहारिक ज्ञान स्काउटले दिएको बताउनु भयो । परिवेश, समाज, रितिरिवाज र आत्मविश्वासको राम्रो पाठ स्काउट शिक्षा भएको बताउनु भयो ।
कार्यक्रमका अतिथि विमल स्काउट ट्रुपका प्रतिनिधि हरि श्रेष्ठले स्काउट कक्षा सञ्चालन गर्दा विद्यालयमा केहि रुपमा नयाँ भर्नामा फरकता भएको र विद्यार्थीहरुमा एक आदर सम्मान र व्यवहार फरक ढंगले परिवर्तन भएको बताउनु भयो । विद्यार्थीको चौतर्फी विकासको क्रममा स्काउट शिक्षाले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।
कार्यक्रमका सभापति निरन्जन बेकोजुले युवा तथा बालबालिका लक्षित आवश्यकता हेरि विविध कार्यक्रमहरु गरिदैँ आइरहेको बताउनु भयो । स्काउट कक्षामा मात्र सिमित नगरि बाह्य क्रियाकलापले बालबालिकाहरुमा सिकाई क्षमता बढेको आफुले अनुभुत गरेको बताउनु भयो । कार्यक्रममा रोभर लिडर सृजन लवजु, न्हुज किजु, सविन लेवा, सृजना कोजु, सहभागीको तर्फबाट सन्देश तामाङ्ग र सचिता दुलाल पनि बोल्नु भएको थियो ।
लन्च हाइकिङ्ग प्रतियोगितामा विमल स्काउट ट्रुप प्रथम, वागीश्वरी स्काउट ट्रुप दोस्रा, हिमालयन ग्लोरी स्काउट ट्रुप तेस्रो, ख्वप्रिङ्ग स्काउट ट्रुप सान्त्वना र पारागन स्काउट ट्रुप सान्त्वना हुन सफल भएको छ । प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रमुख अतिथिले वितरण गर्नु भएको छ भने सहभागी ट्रुपलाई विशिष्ट अतिथि र प्रशंसा पत्र विशिष्ट अतिथिले वितरण गरिएको थियो । कार्यक्रममा २३० जनाले सहभागिता जनाएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
