नगरकोटमा भएको काङ्ग्रेसको संयुक्त बैठकलाई तरुण दल भक्तपुरले गर्यो समन्वय 


कार्तिक २८, २०८२, शुक्रबार | राति ०९:१७ बजे | 150


नगरकोटमा भएको काङ्ग्रेसको संयुक्त बैठकलाई तरुण दल भक्तपुरले गर्यो समन्वय 

नेपाल तरुण दल भक्तपुर जिल्ला अध्यक्ष राजु थापाको नेतृत्वमा आज नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र प्रदेशसभा संसदीय दलको संयुक्त बैठकलाई पुर्ण रुपले समन्वय गरेका छन ।

नगरकोटमा दुई दिने कार्यक्रममा आज भाग लिन नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापती ,संसदीय दलको नेता एवं बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानिया लगायतको कार्यसमिति ,पदाधिकारीलाई ,कार्यकर्ताहरुलाई भक्तपुर बाट नगरकोट पुर्याउन तरुण दल भक्तपुर जिल्लाले समन्वय गरेको हो ।

तरुण दलको टिशर्ट र झन्डा बोकेर हजारौको बाइक र्याली सहित आज नेपाल तरुण दल भक्तपुर जिल्ला अध्यक्ष राजु थापाले कमाण्ड सम्हाल्दै नेताहरुलाई नगरकोट कार्यक्रम स्थल पुर्याएका हुन ।

मुख्यमन्त्री इन्द्र बानिया लगायतको नेतागणलाई भक्तपुरमा नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला सभापती दुर्लभ थापा लगायत जिल्ला कार्यसमिती एवं हजारौ तरुणहरुले स्वागत गरेका थिए ।

Comments