एमालेको नगरस्तरीय जनसभा भक्तपुरका चारै नगरपालिकामा सम्पन्न
कार्तिक २५, २०८२, मङ्गलबार | साँझ ०६:३९ बजे | 1350
भक्तपुर । नेकपा एमाले पार्टीको केन्द्रिय निर्णय अनुसार पार्टी नगर समितिहरुले भक्तपुर जिल्लाका विभिन्न नगरहरुमा मंगलबार नगरस्तरीय जनसभा गरेको छ । सूर्यविनाय नगरले सूर्यविनायक चोक, मध्यपुर थिमिले दुईपोखरी र चांँगुनारायणले न्यौपाने गाउँंमा जनभेला गरेको जनाएको छ । सूर्यविनायकमा पार्टीका जिल्ला संयोजक एवं युवा नेता महेश वस्नेत प्रमुख अतिथि थिए । उता मध्यपुर थिमिमा भने केन्द्रिय सदस्य प्रमुख अतिथि थिए ।
भक्तपुरका चार वटै नगरहरुमा जनसभा गरेको हो ।
आमा अतिथि बस्ने मञ्चमा बस्न नमानेपछि..
सूर्यविनायकमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्य (आमा) उपस्थित थिइन् । उनी कार्यक्रम औपचारिक रुपमा सुरु हुनुभन्दा पहिला नै पुगेकी थिइन् । उनलाई मञ्चमा आसण ग्रहण गर्न बोलाइएको थियो । तर उनी मञ्चमा वस्न गइनन् । बरु दर्शकदीर्घाको पहिलो रो मा बसिन् । पछि आयोजक एमाले सूर्यविनायक कमिटीका अध्यक्ष राजु लुबञ्जार श्रेष्ठले स्वागत मन्तव्य राख्दै माथि वस्न नआइ तलै बसेर भद्र स्वभाब आमाले देखाएको भन्दै यस्तै भद्रहरुबाट मात्रै देश अगाडि वढ्न सक्ने बताए ।
भदौ २२ र २३ भएपछि..
आयोजक पार्टी सूर्यविनाक अध्यक्ष राजु लुबञ्जार श्रेष्ठले स्वागत मन्तव्य राख्ने क्रममा जेन्जी आन्दोलन भदौ २२ र २३ गते भएको बताएका थिए । यस क्रममा बोल्दै गर्दा दर्शकदीर्घाबाट २३ र २४ भएको भन्दै बोलेका थिए । जेन्जी आन्दोलनको मिति अध्यक्ष श्रेष्ठले विर्सेका हुन् कि जिव्रो लर्वरिएको हो भन्दै दर्शकदीर्घामा कुराकानी चलेको थियो ।
पूर्व अध्यक्ष मञ्चमा नगएपछि..
पार्टीका पूर्व जिल्ला अध्यक्ष राजेन्द्र राजथलालाई मञ्चमा आशन ग्रहण गर्न पटकपटक बोलाइएको थियो । तर उनी गएनन् । मञ्चसँंगै नजिकै मञ्चको दक्षिणतिर रहेका उनी मञ्चमा किन बस्न जाने पर्दैन भन्दै वस्न गएनन् । उनलाई उनीसँंगै रहेका एमाले कार्यकर्ताहरुले जानुजानु भनी अनुरोध गरेका थिए तर उनी गएनन् । उनी किन मञ्चमा गएनन् भनी चर्चा चलेको थियो ।
मञ्चमा पार्टी केन्द्रिय सदस्यहरु महेश वस्नेत, निर्मल भटराई, पार्टी जिल्ला उपाध्यक्ष किरण थापालगायत दर्जन भन्दा वढी व्यक्तिहरु रहेका थिए ।
कार्यक्रम पार्टी सूर्यविनायक सचिब धर्मराज वस्नेतले सञ्चालन गरेका थिए ।
तीन बजे तोकिएको कार्यक्रम झण्डै चार बजे मात्रै सुरु हुन सकेको थियो । कार्यक्रम एक घण्टाको छोटो अवधिमै सम्पन्न भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
