प्रहरी चौकी डोलेश्वर पुननिर्माण गरिदिएर गरियो हस्तान्तरण
कार्तिक २२, २०८२, शनिबार | राति ०७:०१ बजे | 430
भक्तपुर । भाद्र २३÷२४ को आन्दोलनबाट क्षति पुगेका भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल डोलेश्वरस्थित प्रहरी चौकी डोलेश्वर शनिबार एक कार्यक्रमवीच हस्तान्तरण गरियो । जगाती प्रहरी बृतपछि प्रहरी चौकी डोलेश्वर पुननिर्माण गरी हस्तान्तरण गरिएको हो ।
समाजसेवी युवा ब्यवसायी लक्ष्मण अवालको संरक्षकत्वमा कृष्णराम जाकिबञ्जारको अध्यक्षतामा गठित पुनर्निर्माण समितिले भबन पुननिर्माण गरी हस्तान्तरण गरेको हो । समितिका अध्यक्ष जाकिबञ्जारले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्कामार्फत् नेपाल प्रहरीलाई चौकी भबन हस्तान्तरण गरका हुन् । करिव २ लाखको लागतमा प्रहरी चौकी डोलेश्वर पुनर्निर्माण भएको कार्यक्रममा कोषाध्यक्ष राकेश थापाले जानकारी गराए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत, जगाती प्रहरी बृतका प्रमुख डिएसपी चञ्चला श्रेष्ठ, डोलेश्वर चौकीका प्रमुख असई शिव निरौलालगायतले आआफनो धारणा राखेका थिए ।
