योग तथा प्राकृतिक चिकित्सालयको अध्यक्षमा रोशनी निर्वाचित
कार्तिक २१, २०८२, शुक्रबार | राति ०८:५८ बजे | 120
भक्तपुर । योग तथा प्राकृतिक चिकित्सालय बाराही पीठ भक्तपुरको अध्यक्षमा रोशनी धौबञ्जा निर्वाचित भएकी छिन् । चिकित्सालको शुक्रबार बाराहीस्थानमा भएको ३२ औं वार्षिकोत्सव तथा साधारणसभाले धौबञ्जाको अध्यक्षतामा नयाँं कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दयालक्ष्मी प्रजापति, सचिवमा प्रचण्ड प्रकाश कारञ्जित, कोषाध्यक्षमा शशी बदन हाडा र सहसचिवमा निरज जोशी निर्वाचित भएका छन् । साथै सल्लाहकारहरुमा जनदेवी राजभण्डारी, डा इन्दुल केसी, अनन्त धौभडेल र पशुपतिभक्त हाडा चयन भएका छन् । साधारण सभाको उदघाटन स्वामी कल्याणले गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
