महेश वस्नेतको पोष्टमाथि सूर्यविनायक कांग्रेसको आपति (आपतिसहित)


कार्तिक २०, २०८२, बिहीबार | राति ०७:३६ बजे | 1095


महेश वस्नेतको पोष्टमाथि सूर्यविनायक कांग्रेसको आपति (आपतिसहित)

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटव्युरो सदस्य एवं पार्टी भक्तपुरका इन्चार्ज महेश वस्नेतले विहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको भनिएको एउटा सूचनाप्रति नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले ध्यानाकर्षण भएको जनाएको छ । पार्टी नगर सचिवद्धयले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी पार्टीका कोही पनि साथीहरु जेन्जी आन्दोलनको क्रममा तोडफोडमा संलग्न नभएको जनाएको हो । 
एमाले नेता वस्नेतले पार्टी अध्यक्ष केपी ओली, आफू, सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूका वडा अध्यक्ष एवं पार्टी जिल्ला नेता रवीन्द्र सापकोटाको घर तोडफोडमा संलग्न कांग्रेस नेता भन्दै फेसबुकमा सार्वजनिक रुपमा लेखेका थिए । पार्टी अध्यक्ष केपी ओलीको सुरक्षामा खटिएका पार्टीका युवा दस्ताले आफनै घरमा जान पनि सोधपुछ गरेको भन्दै ती व्यक्तिले फेसबुकमा भिडियो सार्वजनिक गरेका थिए । त्यो भिडियो भाइरल भएलगतै उक्त व्यक्ति एमाले नेताहरुको घर जलाउने कांग्रेस नेता भएको सूचना वस्नेतले सार्वजनिक गरेका थिए ।   

फाेटाेमा हेर्नुहाेस्...

महेश वस्नेतको पोष्टमाथि सूर्यविनायक कांग्रेसको आपति (आपतिसहित)

Comments