सामूहिक बचतद्धारा निःशुल्क स्वास्थ शिविर
माघ २६, २०७७, सोमबार | दिउँसो ०१:२९ बजे | 25
सृष्टि सुवाल
भक्तपुर । भक्तपुरको भोलछेस्थित सामूहिक बचत तथा ऋण सहकारी संस्था लि ले सूर्यबिनायक नगरपालिका वडा ५ स्थित हयाङला अदिवासी तामाङ समाज (उरगेन सांगे छयोइलिङ गुम्बा) अगाडि पाणडुबजार हाईटमा शनिबर निःशुल्क स्वास्थ शिविर राखेको छ । त्यो स्वास्थ शिविरको आयोजक सामुहिक सकोस र बुद्ध सदस्य केन्द्रे थियो । साथै त्यो स्वास्थ्य शिविरमा सामुहिक सकोसले निःशुल्क बचत गर्न दिएको थियो । त्यहाँ निःशुल्क डेण्टल चेकअप, निःशुल्क बाथ जोर्नी दुख्ने, नशा च्यापेको परिक्षण र निःशुल्क सुगर परिक्षण, बिषेश छुट थाइरोइडको रगत परिक्षण भएको थियो । त्यो डेण्टल परिक्षणको सहयोगका लागि बिराज डेण्टल प्रा.लि का डा .गुञ्जेशवर उप्रेती साथै बाथ जोर्नी दुखने, नशा च्यापेको परिक्षणको सहयोगका लागि एभरेष्ट नेचुरल हेल्थ सेन्टरका डा. दिनेशमान लाखे र सुगर परिक्षण, बिषेश थाइराइडको रगत परिक्षणको सहयोगका लागि डा.अजित कवंको उपस्थितिमा भएको थियो । निशुल्क स्वास्थ शिविरमा करीब एक सय जनाको हराहरिमा उपस्थिति भएको थियो । स्वास्थ शिबिर बिहान १० बजे देखि ३ बजे सम्म रहेको थियो । (प्रशिक्षार्थी)