कमलविनायक सडक मर्मतको माग गरी सडकमा मागपत्र
कार्तिक १८, २०८२, मङ्गलबार | राति ०७:३९ बजे | 400
भक्तपुर । भक्तपुरको कमलविनायक सडक मर्मत गरिदिन माग गर्दै सडक कार्यालयमा मागपत्र बुझाइएको छ । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकका वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले मंगलबार सडकका हाकिमसमक्ष मागपत्र बुझाएका हुन् । कमलविनायक सडक लामो समयदेखि अस्तव्यस्त रहँंदै आएको छ । विशेष गरी कमलविनायकदेखि देकोचा चोकसम्मको सडक विग्रेको हो ।
