नीलबाराहीमा फेरि द्धन्द्धको अवस्था
कार्तिक १६, २०८२, आइतबार | साँझ ०४:४४ बजे | 150
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ नीलबाराहीस्थित नीलबाराही क्षेत्रमा फेरि द्धन्द्धतर्फ उन्मुख भएको छ । मध्यपुर थिमि नगरपालिका तथा आयोजनाले कार्ययोजनाबारेको बोर्ड राख्न ल्याएपछि अनिश वैद्यलगायतको सराकोर समिति विरोधमा उत्रिएका छन् । सरोकारवाला सवैको सहमति अनुसार काम गर्ने सहमति भएको तर आयोजनाले कसैसँंग सल्लाह नै नगरी बोर्ड राख्न ल्याएको भन्दै अनिश वैद्यलगायतका समूहहरु नीलबाराहीमा पुगेका छन् ।
अनिशले बोर्ड राख्न ल्याएको खवर आएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । साथै उनले विरोधमा सहभागिताका लागि सवैसँंग आह्वा गरेका छन् । अहिले लाइभमार्फत् उनले त्यसको विरोध गरिरहेका छन् ।
