छठ पुजामा भक्तपुरका स्काउट 


कार्तिक ११, २०८२, मङ्गलबार | राति ०७:४७ बजे | 380


छठ पुजामा भक्तपुरका स्काउट 

भक्तपुर । ११ कार्तिक नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुर नगरपालिका भक्तपुरका निओ फ्युजन ओपन रोभर रेञ्जर क््रयु र हिमालयन ग्लोरी स्काउट ट्रुपको आयोजनामा कमलविनायक भक्तपुरमा भएको छठ पर्वमा दुईदिने सेवा क्याम्प सम्पन्न भएको छ । 
    भक्तपुरमा कार्तिक १० गते र ११ गते भक्तपुरको कमलपोखरीमा उपत्यकामा रहेकाहरुले छठ पर्व मनाउने गरेकोमा यस प्रथम पटक स्थानीय स्काउट कार्यालयले सेवा क्याम्प सञ्चालन गरेको स्थानीय प्रमुख आयुक्त बालकृष्ण बनमालाले बताउनु भयो । जनमानसलाई सेवा भावले सेवा गर्न युवाहरुलाई अभिप्ररित गराउन यस क्याम्पको थालनी गरेको बनमाला बताउनु हुन्छ । बनमालाले अबका वर्षहरुमा पनि नियमित गर्ने बताउनु भयो ।
    सेवा क्याम्प सञ्चालन गर्दा आफ्ना विद्यालयका स्काउट परिचालन गर्न पाएको खुसी भएको स्थानीय सामुदायिक विकास आयुक्त पुष्पा प्रजापतिले जानकारी गराए । स्काउटलाई कक्षा कोठा भित्र मात्र नभई यसरी सामुदायिक रुपले अगाडि बढाउन सकेको खण्डमा बालबालिकाको सिकाई क्षमतामा सामाजिकरण हुने बताउनु भयो । 
निओ फ्युजन ओपन रोभर रेञ्जर क््रयु अगुवाईमा हिमालयन ग्लोरी स्काउट ट्रुपको सहभागितामा सम्पन्न भएको हो । युवा लक्षित स्काउटको क्रियाकलापलाई अगाडि बढाउन, सामाजिक तथा देश भक्त कार्यमा आफ्नो बलियो सहभागिता गराउन यस किसिमको क््रयु सञ्चालन गरिएको हो । छठ पुजामा सहभागी भक्तजनलाई व्यवस्थित गर्ने, लाइन व्यवस्थापन र प्रसाद वितरण कार्य गरेको सिनियर टिममेट बिमद बाहालाले भन्नुभयो । दुईदिने छठ पुजालाई स्वयम सेवकको व्यवस्थापन गरेको बताउनु भयो । 
 

Comments