अहिलेकै अवस्थामा चुनाव गरे दलहरुले गठबन्धन गरी फेरि पनि लुटतन्त्र मच्चाउने
कार्तिक ११, २०८२, मङ्गलबार | साँझ ०६:०१ बजे | 225
निर्वाचनमा गठबन्धन गरी फेरि पनि लुटतन्त्र मच्चाउने
काठमाडौं । आगामी फागुनको निर्वाचनमा पनि हाल असफल भइसकेका दलहरुले निर्वाचनमा गठबन्धन गरी फेरी पनि लुटतन्त्र, भ्रष्टाचार, दलीय तानाशाही प्रवृत्ति हुने दावी गरिएको छ । सेभ द नेशन मिडियाले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनका वक्ताहरुले वर्तमान सरकार आन्दोलनबाट निर्माण भएकाले २०७२ सालको संविधान संशोधन नगरीकन फाल्गुण २१ गते निर्वाचन तोकी सो निर्वाचनमा गयो भने फेरि उनै कुतत्वहरुको राज हुनेमा हुनै दुईमत नरहने बताए यस्तै हुने हो भने मुलुक पुनः द्वन्दको सृजना भई गृहयुद्धमा होमिने हाम्रो ठम्याई छ, पत्रकार सम्मेलनमा सनातनबादी युवराज आचार्यले भने ।
बाँकी विज्ञप्तिमा
सर्वप्रथम मिति २०८२ साल गत भाद्र महिनाको २३ र २४ गते भएको अकल्पनिय आन्दोलनमा ज्यान गुमालउने नेपाल आमाका सनातनी ऐतिहासीक सहिदहरुप्रति नमन गर्दै त्यस्ता सहिदहरुलाई जन्म दिने मातापिता र सिंगो परिवारलाई धैर्यधारण गर्ने शक्ति आरद्यदेव भगवान श्री पशुपतिनाथले प्रदान गरुन् भन्दै सनातनी सहिदहरुको आत्माको चीर शान्तिको कामना गर्दै त्यसैक्रममा घाइते भएका सबैप्रति शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
विगतमा नेपालमा हुंदै आएका फरक फरक आन्दोलन र क्रान्तिभन्दा गत भाद्र २३ र २४ गतेको नरसंहार र विध्वंश नियोजित तरिकाबाट हाम्रा सनातनी कलिला युवा विद्यार्थी भाईबहिनीहरुलाई ढाल बनाई आफनो लक्ष परिपूर्तिका लागि प्रयोग तथा उपयोग गरिएको कुुरा यथार्थता छ । यस्तो परिस्थिति सृजना गरिनुमा २०७२ सालको लंगडो संविधान कारक तत्व भएको कुरा तमाम नेपाली समुदायमा ज्ञात भएकै कुरा हो । किनकि २०७२ सालको संविधान यस्ता अवान्छित तत्वहरुको संलग्नतामा जारी भएको गराइएको थियो । यो संविधान अनुसार नेपालमा राजनीतिक अस्थिरता आइरहने साथै यसै संविधानको आडमा कुशासन, भ्रष्टाचार र दण्डहिनता अन्याय र आपराधिक गतिविधिहरु दिनप्रतिदिन मौलाईरहेको कुरा सर्वविदितै छ । किनकि २०७२ सालको संविधान अनुरुप कुनै एउटा राजनीतिक पार्टीले स्पष्ट रुपमा बहुमत प्राप्त गर्न नसक्ने कुरा हामी सबै माझ स्पष्ट छ । यस्तै दुर्घटना निम्त्याउने तत्वहरु मुलुकको चौतर्फि विकास नचाहने पनि स्पष्ट छ नै । यो र यस्तै कार्यले गर्दा अनिवार्य रुपमा २०७२ सालको संविधानलाई संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसहित प्राचीन वैदिक सभ्यतासहितको सनातन राष्ट्र कायम गरेमात्र यो देशमा शान्ति, सद्भाव, विकास र समृद्धि हुने छ भन्ने हाम्रो ठहर छ । वर्तमान संविधान पूर्ण रुपमा असफल भइसकेकोले दलहरुले निर्वाचनमा गठबन्धन गरी फेरी पनि लुटतन्त्र, भ्रष्टाचार, दलीय तानाशाही प्रवृत्ति हुने हुंदा वर्तमान सरकार आन्दोलनबाट निर्माण भएकाले २०७२ सालको संविधान संशोधन नगरीकन फाल्गुण २१ गते निर्वाचन तोकी सो निर्वाचनमा गयो भनेदेखि फेरी उनै कुतत्वहरुको राज हुनेमा हुनै दुईमत रहेन । यस्तै हुने हो भने मुलुक पुनः द्वन्दको सृजना भई गृहयुद्धमा होमिने हाम्रो ठम्याई छ । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दल ५१ प्रतिशतले बाहिस्कार गरेमा तोकिएको मितिमा हुनुपर्ने निर्वाचन स्वतः बाहिस्कार हुनेमा पनि दुईमत रहेन ।
त्यसैले राष्ट्र जोगाउनुका साथै भाइचारा नाताको सद्भाव कायम गरी दीर्घकालीन विकास र समृद्धिमा जानका लागि राष्ट्रिय सहमतिको सर्वदलीय सर्वपक्ष सरकार गठन गरी २०७२ सालको संविधान संशोधन गर्नुपर्नेमा हाम्रो भनाई छ । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग भनेको ५ वर्षसम्मको स्थिर सरकार चलाई मुलुकलाई समृद्धिको बाटोमा लानका लागि आवश्यक भएको पनि सर्वपक्षमा जानकार नै छ । जसले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको विरोध गर्दछ त्यो नै समग्र मुलुकको विकासको वाधक हो भन्ने हाम्रो बुझाई छ । सर्वपक्ष र सर्वदलीय सरकार गठनका लागि वार्ताबाट समाधान खोजिनु नै न्यायोचित हुनेछ । यदि सर्वपक्ष सर्वदलीय सरकार गठन गरी २०७२ को संविधान संशोधन गरी प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्र घोषणा भएन भने सहीतको विरता र बलिदानीको रंग हाम्रो राष्ट्रिय रंग सिम्रीक भएझैं हाम्रा विरंगना नारीको सिउंदो मर्मरक्षाका लागि यो शक्तिपीठहरुले सम्पन्न राष्ट्रको तर्फबाट सनातन सिंदुर अप्रेसन शुरु गरिने छ । जसबाट बिना रक्तपात सनातनीहरुको रक्षा गर्नका निम्ती मातृशक्ति अगाडी बढ्नु पर्दछ । हामीलाई अवगत छ कि आज सनातनी आमाको कोख रित्तिएको छ । सिउंदोको सिंदुर पुछिएको छ । त्यसैलाई मध्येनजर गर्दै भोलिका दिनमा कुनै पनि सनातनी मातृशक्तिको आंखामा आंशु देख्न नपरोस् र यो देशको माटोको रक्षाका निम्ती सनातनी मातृशक्तिको सिंउंदोको रक्षा हुन जरुरी छ । हिजो कयौं सनातनी मातृशक्तिको कोख रित्तियो भने कयौंको सिउंदोको सिंदुर पुछिएको कुरा सर्वविदितै छ । हामी चाहन्छौं कि पुःन यस्तो नहोस् । यसैलाई मध्येनजर गर्दै देशमा सुशासन र शान्ति कायम गर्नका निम्ती वार्ताबाट नै समाधान खोज्न सर्वपक्षीय र सर्वदलीय राष्ट्रिय सहमतिको सरकार गठन गरी २०७२ को संविधान संशोधनसहित मुलुकलाई प्राचीनकालीन वैदिक सनातन राष्ट्र घोषणा गरी निकास दिएन भने हामहरुले विभिन्न चरणमा वाद्य भएर सनातन सिंदुर अप्रेसन गर्न तयार छौं । त्यसको जिम्मेवारी सरोकार पक्षले लिनुपर्ने छ । किन कि हामी सनातनीहरु अब टुलुटुलु हेरेर बस्नेवाला छैनौं । आज हाम्रो धैर्यताको बांध फुटिसकेको छ ।
हामीले चाहेको व्यवस्था भनेको प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्रको निर्माण हो जसमा हरेक मातृशक्तिको ५१ प्रतिशत अधिकार सुनिश्चित गर्नु हो । यदि यहि संविधान र यहि व्यवस्था रहिरहने हो भने मुलुकका लागि बलिदान दिने ति सहिदहरुको रगतले पिरोली फेरी पनि नरसंहार भई रगतको खोलो बग्ने कुरा छर्लंगै छ । यसैलाई मध्येनजर गर्र्दै हामीले हरेक नेपालीलाई जोगाउनका निम्ती र यो मुलुकको माटोको रक्षाका निम्ती सनातन अप्रेसन शुरु गर्नु वाद्यता छ । जसको मूल उद्देश्य भनेको सनातनी मातृशक्तिको सिंउंदो सिंदुरको रक्षा गर्नु हो । यदि सिंउंदोको रक्षा भयो भने मात्र देशको रक्षा हुने छ । जसको फलस्वरुप सनातनी फुटाउ र राज गर भन्ने अभान्चित तत्वहरु परास्त हुने छन् ।
हामी यहांहरुलाई यो विश्वास दिलाउन चाहन्छौं कि जसले विभिन्न राजनीतिक दलमा रहेर स्थानिय तहदेखि केन्द्रसम्म देशलाई आप्mनो क्षणिक स्वार्थका लागि खरानी बनाई ७६ जना सनातनीको रगतबाट होली खेलेका छन् । साथै २४ सय जना घाइते बनाइएको छ । त्यस्ता व्यक्तिहरुको इन्टलएक्चुयल साथीहरुको प्रतिवेदन आउने वित्तिक्कै पत्रकार सम्मेलनमार्पm सार्वजनिक गरी त्यस्ता व्यक्तिलाई राजनीतिक तथा सामाजिक क्रियाकलापमा प्रतिवन्ध लगाउन जस्तोसुकै मूल्य चुकाउन पनि पछि हट्ने छैनौं । यदि कुनै राजनीतिक दलले त्यस्ता कुपात्रलाई संरक्षण गरेमा हामीले वाद्य भएर त्यस्ता राजनीतिक दललाई पनि जनस्तरबाट प्रतिबन्ध लगाउने छौं ।
वैदिक सनातन यात्रालाई जनस्तरबाट मजबुत बनाउन अहम् भूमिका निभाउने इतिहासमा नै पहिलोपटक किरांत, मंगोल, आदीवासी तथा जनजातीका तर्फबाट शिवशक्तिधामका पिठाधीश शिवशक्ति बाबाको संलग्नताले आज सबै जनजातीको गौरव बढेको कुरामा हामी विश्वस्वत छौं साथै सनातन यात्रालाई निरन्तरता दिंदै देशमा शान्ति र सद्भाव कायम गर्नका लागि उहांले किरांत, मंगोल, जनजानी र आदिवासीका तर्फबाट गहन भूमिका निर्वाह गर्नुहुने छ भन्नेमा हामी विश्वस्त छौं । नेपालमा रहेका सम्पूर्ण शक्तिपीठहरुको पूजारी रहि परापूर्वकालदेखि आजसम्म पहरेदार भएर सनातन सभ्यतालाई जोगाउन अहम् भूमिका खेल्ने सिंगो मगर समुदायप्रति हामी आभारी छौं ।
अन्त्यमा हामीलाई विश्वास छ कि राम्रो कुरा देखाएर छद्माभेसमा देश, जनता र सभ्यता सिध्याउने दुष्प्रयास समाप्त हुने छ । साथै सनातनी सहिदको रगतमा टेकेर सनातनी सभ्यताको विरासतमा धमिरा लगाई सिध्याउने परिपञ्च प्रत्येक आन्दोलन र सरकार परिवर्तन लगातार हुंदै आएकोमा हामी खबरदारी गराउन चाहन्छौं कि सनातनीलाई अब पनि फुटाउने, लडाउने र झुक्याई झुक्याई समाप्त पार्ने प्रायोजित शक्ति र यिनका मतियारहरुबाट सावधानी रही हामी हाम्रो निम्ती अब हिमाल, पहाड र तराईबाट उठिसकेका छौं । हिमाल पहाड तराई कोहि होइनौ पराई भन्दै सम्पूर्ण समस्याको समाधान वार्ताद्धारा खोजी देशमा सुशासन र शान्ति कायम गर्न सर्वपक्षीय सर्वदलीय सरकार गठन गर्नका लागि सरोकार पक्षलाई उनै गोरखानाथले सद्बुद्धी प्रदान गरुन् भन्दै सम्पूर्ण सनातनीको कल्याण आरद्यदेव भगवान पशुपति नाथले गर्नुहुने छ । आरद्यदेव भगवा श्रीपशुपति नाथले हामी सबैको कल्याण गरुन् ।
जय मातृभूमी नेपाल । जय राष्ट्र ।।
