भक्तपुरमा परियत्ति शिक्षक शिक्षिका तालिम सम्पन्न
कार्तिक २, २०८२, आइतबार | विहान ०७:०८ बजे | 145
अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षा अन्तर्गत परियत्ति शिक्षक शिक्षिका शिक्षण तालिम उपसमिति र मुनि विहार भक्तपुरको संयुक्त आयोजनामा आज परियत्ति प्रशिक्षण तालिम सम्पन्न भयो । भक्तपुरका १० वटा विद्यालय लगायत भक्तपुरका विभिन्न बौद्ध संघ संस्थाका ४२ जना प्रशिक्षार्थीहरू सम्मिलित तीन दिवसीय उक्त प्रशिक्षण तालिमको २०८२ असोज २५ गते शनिबारको दिनमा प्रशिक्षण तालिमका संयोजक श्रद्धेय ञाणवती गुरुमांले बौद्ध परियत्तिको भूमिका र उद्धेश्य बारे प्रकाश पार्नुभएको उक्त तालिममा प्रशिक्षकहरू विदुरमान बम्जन , निशा शाक्य र शुभवती गुरुमांले परियत्ति कक्षा १,२ र ३ को पाठ्यक्रमका विभिन्न विषयमा केन्द्रित भई प्रशिक्षण दिनुभयो । मिति २०८२ असोज ३१ गते शुक्रबार दोस्रो दिनको तालिम प्रोफेसर मदनरत्न मानन्धरले पाठ्यक्रम अन्तर्गत चतुर्ब्रम्ह बिहार र दशपारमिता बारे तालिम दिनुभयो । प्रशिक्षिका आभा अवालेले जीवन उन्नति, अवनति र सफल जीवन विषयमा तालिम दिनुभयो । ध्यान साधनाको बारे प्रयोग गरेर तालिम दिनुभयो । अन्तिम दिन कार्तिक १ गते शनिबारमा डा. सबिता धाख्वालेले दश कुशल र दस अकुशल विषयमा तालिम साथै प्रयोगात्मक तरिकाले तालिम दिएको थियो । अन्तिम शिक्षक शिक्षिका तालिमका उप-समिति संयोजक भिक्षु पञ्ञामूर्ति महास्थविरज्यू तथा परियत्ति परिक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरज्यूको उपस्थितिमा समापन तथा तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण सम्पन्न गरियो । मुनि विहार भक्तपुरका आवाशिय भिक्षु धन्दधम्मोज्यूको सभापतित्वमा स्वागत मुनि बिहार बौद्ध परियत्ति शिक्षा केन्द्रका तुलसीकाजी मानन्धरले स्वागत तथा धन्यवाद ज्ञापन मुनि विहार परियत्ति शिक्षा केन्द्रका सह-केन्द्राध्यक्ष बिद्या शाक्यले दिनुभयो । समापन समारोहमा तालिममा सहभागी प्रशिक्षार्थिहरू आ-आफ्नो तालिमका अनुभव बताउनुभएको थियो । कार्यक्रममा विहारका भन्ते, श्रामणेर र गुरुमाज्यू हरु साथै विभिन्न विद्यालयबाट शिक्षिकाहरु साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु गरेर जम्मा ४२ जना प्रशिक्षार्थीहरु सहभागि हुनुभएको हो । भवतु संब्ब मंगलं!!!
