सम्पदाप्रेमी अभियन्ताहरुले गरे भक्तपुर पुगेर नाराजुलुश
कार्तिक १, २०८२, शनिबार | राति ०७:३२ बजे | 270
भक्तपुर । सम्पदाप्रेमी अभियन्ताहरुको एक समूहले शनिबार भक्तपुर पुगेर नाराबाजी गरेका छन् । भक्तपुरको जगाती बाचामारीमा पुगेर उनीहरुले नाराबाजी गरेका हुन् ।
ऐतिहासिक सम्पदा मास्न दिइरहेको भन्दै विरोधमा उनीहरुले नाराबाजी गरेका हुन् । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगाती बाचामारीमा रहेको एउटा सार्वजनिक पाटी अस्तव्यस्त पारेको र ढुंगेधारा पुरेको भन्दै उनीहरु विरोधमा उत्रेका थिए ।
उनीहरुले पाटी सरसफाईसमेत गरेका थिए । साथै ढुगेधारा उत्खनन् गरेका थिए । उनीहरुले यसअघि पनि सोही पाटी र ढुंगेधाराको संरक्षण गरेका थिए । पुरिएका ढुंगेधाराका हिलो माटोहरु झिकेर उनीहरुले ढुंगेधारालाई पुनर्जीवन दिएका थिए । वर्ष दिनपछि अहिले पनि अवस्था पहिला जस्तै बनाएको भन्दै उनीहरुले अरनिको राजमार्गमै जुलुश गरेक थिए । यो ठाउँंको पाटी भक्तपुरको चाँंगुनारायण नगरपालिकामा पर्दछ भने ढुंगेधारा सूर्यविनायक नगरपालिकामा ।
यसअघि उनीहरु नेवा राष्टिय परिषद्को व्यानरमा त्यहाँं पुगेका थिए । कार्यक्रममा सम्पदाप्रेमी अभियन्ताहरु यादवलाल कायष्ठ, सुमन सायमी, निशुल प्रजापतिलगायतका सम्पदाप्रेमीहरु सहभागी भएको कार्यक्रममा सहभागी विनिशा राजबंशीले बताइन् ।
