फागुनको चुनावबाट रास्वपाको एकल बहुमत आउने दावी


कार्तिक १, २०८२, शनिबार | साँझ ०६:५८ बजे | 140


फागुनको चुनावबाट रास्वपाको एकल बहुमत आउने दावी

भक्तपुर, कार्तिक । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डिपी अर्यालले फागुनमा हुने निर्वाचनमा होमिन सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टी भक्तपुर जिल्ला समितिले शनिबार भक्तपुरमा गरेको जिल्लास्तरीय भेटघाटमा उनले चुनावमा गएर नयाँं जनादेशको दिशामा जानुपर्नेमा जोड दिए । उनले त्यसका लागि उम्मेदबार कसरी छनौट गर्ने भन्ने विषयमा पनि सुझाब दिन अनुरोध गरे ।  अरु ठूला भनाउँदा दलहरुले जस्तै माथिबाट टिप्ने कि रुपेन्देहीको उपनिर्वाचनका लागि जस्तै प्रणालीबाट उपयुक्त हुनसक्छ भन्ने विषयमा छलफल आवश्यक भएको खाँंचो उनले औंल्याए । रुपन्देहीको जस्तो गरिराख्दा अलि बढी झन्झटिलो हुनसक्ने पनि उनले बताए । 
घुमाउरो पारामा उनले विघटन भएको संसद् व्युटिन नसक्ने र नहुने पनि बताए । नेकपा एमालले संसद व्युटाउनुको विकल्प नभएको भनिरहेको बेला उनले कुनै हालतमा संसद व्युटाउन नहुने र नहुने विश्वास पनि व्यक्त गरे ।  
आगामी निर्वाचनमा आफनो पार्टीले एकल बहुमत ल्याउने दावी पनि उनले गरे । उनले भने, एकल बहुमत नआए पनि सवैभन्दा ठुलो दलको रुपमा स्थापित गराउन तपाई हामी सवै लाग्नुपर्छ । उनले आफनो पार्टी नयाँं शक्ति नभई मुलधारको शक्ति भनेर परिभाषित गर्नुपर्ने आवश्यकता पनि औल्याए । 
कार्यक्रममा पार्टीका केन्द्रिय सचिवालय सदस्य सन्तोष परियारले विधि र नियमसंगत रुपमा देश, पार्टी चल्नुपर्नेमा जोड दिए । पार्टीका अर्का केन्द्रिय सदस्य सोविता गौतमले संसद व्युटिन्छ कि व्युटिंदैन यो कानुनी कुरा भएको भन्दै चुनावमा तयारी अवस्थामा रहन निर्देशन दिइन् । 
कार्यक्रममा पार्टी बागमती प्रदेश समितिका सचिव सुरेन्द्र भट, भक्तपुरका दुई वटा संसदीय निर्वाचन क्षेत्रमध्येबाट भक्तपुर क्षेत्र नं १ का सभापति रमेश थापा, चार वटा नगरपालिकाहरुमध्येबाट पार्टी भक्तपुर नगरपालिकाका सभापति राजेश शिल्पकारले धारणा राखेका थिए । कार्यक्रम पार्टी जिल्ला सभापति रामेश्वर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।   
 

Comments