सहकारी पीडितको समस्या अव समाधान हुने
असोज ३१, २०८२, शुक्रबार | विहान ०८:४४ बजे | 135
काठमाडौं । सरकारले प्रधानमन्त्री सहकारी पीडित कोष खाता नम्बर खोल्ने भएको छ । अनि दाताहरुबाट आएको ९० अर्ब सहकारी पीडितलाई बुझाउने भएको हो । सहकारी बचतकर्ताहरु पासबुकहरु राज्यले लिने र भुक्तानी दिने जनाइएको छ ।
बचत फिर्ता नगर्ने सहकारीहरुको घर जग्गा सम्पतीहरु राष्ट्रियकरण गर्ने जनाइएको छ । सहकारी ऋणहरु नेपाल राष्ट्र बैंकमा स्वाप गर्ने बताइएको छ । टप टेन १०० धनी नेपाली अर्बपतिहरुलाई प्रधानमन्त्रीले बोलाउने भएको जेन्जी रवि किरण हमालले जनाए ।
स्थानीय निकाय नगरपालिकामा बचतकर्ता सहकारी पिडित, ऋणीहरु र सहकारी प्रतिनिधीहरुको ३ पक्ष मेलमिलाप वैठक राख्ने जनाइएको हो । स्थानिय लोकल पत्रीकामा रकम सहितको लिष्टहरु छाप्ने पनि जनाइएको छ । प्रधानमन्त्री सहकारी पिडित कोषबाट १००% समाधान निकाल्ने योजना निकालिएको छ ।