चाँगुमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता अपांङ्गता तथा सामाजिक समावेशीकरण रणनैतिक कार्ययोजना २०८१ सम्बन्धी अभिमुखिकरण


असोज २६, २०८२, आइतबार | राति ०७:५२ बजे | 95


चाँगुमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता अपांङ्गता तथा सामाजिक समावेशीकरण रणनैतिक कार्ययोजना २०८१ सम्बन्धी अभिमुखिकरण

खरिपाटी, भक्तपुर
चाँगुनारायण नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता अपांङ्गता तथा सामाजिक समावेशीकरण रणनैतिक कार्ययोजना २०८१ सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । 
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका समग्र आयाममा संकटासन्न समुहको पहँुच, प्रतिनिधित्व, क्षमता र अर्थपूर्ण सहभागिता बढाउन तीनै तहको योजना तर्जूमा, कार्यान्वयन, अनुगमन र मूल्यांकनमा मूल प्रवाहिकरण गर्ने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा समावेशी सिद्धान्त र अभ्यासलाई सम्पूर्ण समाजको अवधारणा अनुरुप सबै निकाय तथा क्षेत्रमा संस्थागत गर्ने, सामाजिक सुरक्षाका कार्यक्रमलाई विपद् संवेदनशील बनाउन सहयोग पु¥याउने, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा समावेशी अवधारणाको एकिकृत कार्यान्वयानमा सहयोग पु¥याउने, विपद् व्यवस्थापनमा यौन शोषण, दुव्र्यवहार र उत्पीडनसंग सम्बन्धित चुनौतीहरुलाई कम गर्न र आपत्कालीन संकटबाट प्रभावित सबै व्यक्तिहरुको सुरक्षा सुनिश्चित गर्न सरोकारवालाहरु आपसी सहकार्यमा काम गर्ने उद्धेश्यका साथ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता अपांङ्गता तथा सामाजिक समावेशीकरण रणनैतिक कार्ययोजना २०८१ सम्बन्धि जानकारी दिनुका साथै चाँगुनारायण नगरपालिकाको आफ्नै रणनैतिक कार्ययोजना तयार गर्ने उद्धेश्यका साथ अभिमुखिकरण कार्यक्रम चाँगुनारायण नगरपालिकाको आयोजनामा  आइसेट नेपाल तथा डिसिए नेपालको सहयोगमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा आयोजना गरिएको हो । 
अभिमुखिकरण कार्यक्रमको शुरुवात गर्नुहुदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीज्यूले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेख्य कार्यहरु गर्दै आएको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनका लागि छुटै शाखाको स्थापना गरी कार्य अगाडी बढाईरहेको जानकारी दिनुभयो । उहाँले संकटासन्न समुहको पहुँच  र प्रतिनिधित्वलाई सुनिश्चित गर्दै समावेशीताको सिद्धातलाई अवलम्बन गर्दै विपद् उत्थानशील समुदाय निर्माणको लागि नरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता अपांङ्गता तथा सामाजिक समावेशीकरण रणनैतिक कार्ययोजना २०८१ तर्जुमा गर्ने बताउनुभयो । नगरप्रमुख खत्रीले हालैको मनसुनका कारण पनि नगरपालिका क्षेत्र भित्रका भौतिक पूर्वाधर तथा संरचनामा क्षति भएकोले नगरपालिकाले वडाबाट तथ्यांक संकलन गरी पूर्ननिर्माणको कार्यलाई अगाडी बढाउने बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले सहभागिहरुलाई स्वागत गर्नुहुदै चाँगुनारायण पहिरोका हिसाबले जोखिम क्षेत्रमा रहेकोले सबै सरोकारवाला निकायहरुसंगको सहकार्य र समन्वयमा जा्ेखिम न्यूनीकरणका कार्यहरु गर्दै आएको जानकारी दिनुभयो । 
चाँगुनारायण नगरपालिका बन, वातावरण र विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नं २ का वडा अध्यक्ष सोम प्रसाद प्रधानले चाँगुनारायण नगरपालिकाले विपद्  व्यवस्थापन संग सम्बन्धित कानुनी तथा नीतिगत प्रावधानको व्यवस्था गदै आवश्यक योजना तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा आगामी दिनमा लैङ्गिक  समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणलाई प्राथमिकिकरण गरी बजेट विनियोजन गरिने बताउनुभयो । 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव गोमा देवी चेमजोङ्गले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता अपांङ्गता तथा सामाजिक समावेशीकरण रणनैतिक कार्ययोजना २०८१ सम्बन्धि प्रस्तुतिकरण गर्नु भएको थियो । 
नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य, वडासदस्यहरु, शाखा उपशाखा प्रमुखकर्मचारीहरु तथा स्वयंसेवकहरु गरि जम्मा ३५ जनाको सभागिता रहेको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन उपशाखाका प्रमुख दिनेश थापाले पनि  सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा आइसेट नेपालका कार्यक्रम संयोजक अशोक महर्जन, फिल्ड अधिकृत भरत ढुंगानाको पनि उपस्थिती रहेको थियो । 


 

Comments