GenZ 2.0 ले काठमाडौंमा “GenZ चोक” घोषणा गर्ने


असोज २६, २०८२, आइतबार | विहान ०७:०३ बजे | 870


GenZ 2.0 ले काठमाडौंमा “GenZ चोक” घोषणा गर्ने

काठमाडौं, असोज २६ ।
GenZ 2.0 (GenZ को नेतृत्वमा सबै पुस्ताको प्रतिनिधि अभियान) ले ३ दिने राष्ट्रिय भेलाको सफल समापनपछि आज साँझ “GenZ चोक घोषणा कार्यक्रम” काठमाडौंमा आयोजना गर्ने भएको छ।

भेलामा देशभरका ६६ जिल्लाका प्रतिनिधि, शहीद परिवार, घाइते योद्धा, पत्रकार, र विभिन्न पुस्ताका अभियन्ताहरूको उपस्थितिमा आन्दोलनका प्रस्तावहरूमा व्यापक छलफल गरी सर्वसम्मत अनुमोदन गरिएको थियो।

आजको कार्यक्रममा
???? आन्दोलनको उपलब्धि संरक्षण,
???? राष्ट्रिय एकताको सन्देश,
???? भविष्यका कार्ययोजना,
र GenZ आन्दोलनको निरन्तरता र सुदृढिकरण सम्बन्धी प्रमुख घोषणाहरू सार्वजनिक गरिने छन्।

यसै अवसरमा, शहीदहरू र घाइते योद्धाहरूको आत्माको चिरशान्तिको निम्ति दीप प्रज्वलन कार्यक्रम समेत सञ्चालन गरिनेछ।

GenZ अभियानले सम्पूर्ण आम नेपालीहरूलाई आज साँझ ५ बजे काठमाडौंमा हुने ऐतिहासिक “GenZ चौक घोषणा” कार्यक्रममा उपस्थित रहन हार्दिक अनुरोध गरेको छ।

फारम भरेका वा नभरेका सबै साथीहरूले अब समितिमा बसेर आन्दोलनको रक्षा र निरन्तरतामा योगदान दिन सक्नेछन्।
प्रतिबद्धता जनाउने साथीहरूले आफ्नो परिचय खुल्ने कागजातहरू निम्न सम्पर्कमा पठाउन अनुरोध गरिएको छ:
???? सम्पर्क प्रमुख (WhatsApp): 9856019459

– अबिन लिम्बू
प्रवक्ता, GenZ 2.0 (GenZ को नेतृत्वमा सबै पुस्ताको अभियान)
 

Comments