फोटोग्राफर समाज भक्तपुरमा बनमाला


असोज २५, २०८२, शनिबार | साँझ ०५:४५ बजे | 575


फोटोग्राफर समाज भक्तपुरमा बनमाला

भक्तपुर । बालकृष्ण बनमालाको अध्यक्षतामा १३ सदस्यीय फोटोग्राफर समाज भक्तपुरको नयांँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार भक्तपुरमा भएको कार्यक्रमबाट बनमाला अध्यक्ष, श्यामकृष्ण बासुकला सचिव र जेनिशा विश्वकर्मा कोषाध्यक्ष निर्वाचित भएका छन् । बाँंकी पदाधिकारीहरु भने सवैजना सदस्य रहेका छन् । बाँंकी सदस्यहरुमा रामेश्वर मचामसी, लक्ष्मी प्रसाद चवाल, नारायण प्रसाद बोहजु, पुष्पा प्रजापति, निरञ्जन बेकजू, विमद दाहाल, श्रीना दथेपुथे, रविन दुवाल, विकुराम तजले र शिस्ता महर्जन रहेका छन् । 

Comments