Zenz 2.0 अभियानले दोस्रो दिनको क्लोज क्याम्प सफलतापूर्वक सम्पन्न, तेस्रो दिन एजेन्डा अनुमोदन गर्ने कार्यक्रम तय
असोज २४, २०८२, शुक्रबार | साँझ ०६:१६ बजे | 445
काठमाडौँ — १० अक्टोबर २०२५ — Zenz 2.0 (सबै पुस्ताको प्रतिनिधि) अभियानले आज दोस्रो दिनको क्लोज क्याम्प सफलतापूर्वक सञ्चालन गरेको छ। आयोजकले जानकारी दिएअनुसार करिब २५० जना सहभागीहरूमध्ये ६६ जिल्लाका प्रतिनिधि, घाइते युद्धबिरुद्दका पूर्वयोधा र शहीद परिवारका सदस्यहरू समेत उपस्थित थिए।
कार्यक्रममा सहभागीहरूलाई गोप्य रूपमा विभिन्न समूहहरूमा विभाजन गरी विस्तृत छलफल गराइएको थियो। समूहगत छलफलमा Zenz आन्दोलनका उपलब्धिहरूको संरक्षण, भबिष्यकालीन रणनीतिहरू र स्थानीय/राष्ट्रिय तहमा लागू गर्नुपर्ने कार्यक्रमहरुमा गहन बहस भएको आयोजकले जनाएको छ।
क्याम्पमा गठन गरिएका टोली नेताहरूले समूहगत छलफलबाट निकास भएका एजेन्डाहरू तेस्रो दिन (अन्तिम दिन) मा समुहगत प्रस्तुति गरी अनुमोदन गरिने जानकारी दिए। अनुमोदनपछि सोही एजेन्डाअनुसार केन्द्रिय समिति, विविध विभाग तथा कार्यदलहरू गठन गरी अभियानका धाराहरू सार्वजानिक गराइने योजना छ।
संगठनका मध्यमहका सदस्य अभिन रायले फोनमार्फत प्राप्त जानकारीमा भने — “आजको समूहगत छलफलबाट महत्वपूण्ण एजेन्डाहरू तयार भएका छन्; तेस्रो दिन हामीले ती एजेन्डाहरूलाई सार्वजनिक रुपमा अनुमोदन गरी कार्यान्वयनको रूपरेखा तय गर्नेछौं।”
आयोजकले जनाएअनुसार निर्धारित प्रक्रिया पूरा भएपनि आगामी सार्वजनिक गतिविधिहरू र निर्णयहरूबारे थप जानकारी पछि सार्वजनिक गरिनेछ।
