GenZ 2.0 को पहिलो दिनको ऐतिहासिक राष्ट्रिय भेलामा उत्साहजनक सहभागिता, आज “Close Camp” आयोजना हुँदै


असोज २४, २०८२, शुक्रबार | विहान ०८:५० बजे | 545


GenZ 2.0 को पहिलो दिनको ऐतिहासिक राष्ट्रिय भेलामा उत्साहजनक सहभागिता, आज “Close Camp” आयोजना हुँदै

काठमाडौं, असोज २४।
GenZ 2.0 (सबै पुस्ताको प्रतिनिधि) द्वारा हिजो असोज २३ गते सम्पन्न राष्ट्रिय भेलाले देशभरका सहभागीहरूको उत्साहपूर्ण उपस्थितिका साथ ऐतिहासिक रुप लिएको छ। कार्यक्रममा शहीद परिवार, घाइते योद्धा, GenZ नेतागण, पत्रकार मित्रहरू, र विभिन्न पुस्ताका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो।

आन्दोलनका प्रवक्ताहरूका अनुसार, पहिलो दिनको भेलामा प्राप्त सुझाव र उत्साहका आधारमा आज दोस्रो दिन “Close Camp” आयोजना हुँदैछ। यस कार्यक्रममा देशका विभिन्न प्रदेशबाट आएका करिब १५० भन्दा बढी प्रतिनिधि, नेतागण, अभियानकर्मी तथा सरोकारवाला सहभागी हुँदैछन्।

Close Camp मा देशव्यापी संरचना सुदृढीकरण, प्रारम्भिक नेतृत्व चयन तथा राष्ट्रिय दिशानिर्धारण सम्बन्धी छलफल हुनेछ। आयोजक टोलीका अनुसार, कार्यक्रमको स्थान अहिले गोप्य राखिएको छ र सम्बन्धित सहभागीहरूलाई मोबाइल सम्पर्कमार्फत विवरण दिइनेछ।

GenZ 2.0 ले भनेको छ —

> “यो आन्दोलन एक पुस्ताको होइन, सम्पूर्ण पुस्ताको आन्दोलन हो।
अबको अभियान राष्ट्र र पुस्ता दुवैको साझा पुनर्जागरण हो।”
 

Comments