Gen Z आन्दोलनको रक्षा र भविष्य कार्यक्रमबारे पहिलो राष्ट्रिय भेलाको पहिलो दिन सम्पन्न


असोज २३, २०८२, बिहीबार | साँझ ०४:५६ बजे | 440


Gen Z आन्दोलनको रक्षा र भविष्य कार्यक्रमबारे पहिलो राष्ट्रिय भेलाको पहिलो दिन सम्पन्न

काठमाडौं, असोज २३ —
Gen Z आन्दोलनका उपलब्धिहरूको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले आयोजित राष्ट्रिय भेलाको पहिलो दिन आज नबदुर्गा पार्टी प्यालेस, सुवेधारामा सम्पन्न भएको छ।

कार्यक्रममा सहीद परिवारका सदस्यहरू, घाइते परिवार, Gen Z आन्दोलनका आवाहक कार्यकर्ताहरू, र अन्य पुस्ताका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो। वक्ताहरूले आन्दोलनको मर्म अनुसार सरकारले अझै पनि ठोस काम नगरेको भन्दै आन्दोलनपछिको एक महिनापछि पनि सबै पुस्ता एक ठाउँमा आउनु अहिलेको आवश्यकता भएको धारणा राखे।

कार्यक्रममा प्रमुख रूपमा

पर्वेश दाहाल,

किशोरी कार्की,

कुण्डन कुशुवा,

विजय कडेल
लगायत वक्ताहरूले आफ्नो मन्तव्य राख्दै एकता, राष्ट्रप्रेम र जिम्मेवार नागरिकताको भावना उजागर गरे।

कार्यक्रमको सञ्चालन अविन रायले गर्नुभएको थियो। सहभागीहरूबाट प्राप्त सुझावहरूको संकलन भइरहेको र ती सुझावका आधारमा भोलि (असोज २४ गते) दोस्रो दिनको क्लोज क्याम्प सञ्चालन हुने आयोजकहरूले जनाएका छन्।

उक्त राष्ट्रिय भेला Gen Z 2.0 (सबै पुस्ताहरूको प्रतिनिधि) द्वारा आयोजना गरिएको हो।
 

Comments