के होला भक्तपुरको गुण्डूमा आज ?


असोज २३, २०८२, बिहीबार | विहान ०८:३३ बजे | 300


के होला भक्तपुरको गुण्डूमा आज ?

भक्तपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथि तथा मुख्य वक्ताका रुपमा आज विहीबार भक्तपुरको गुण्डूमा विशेष भेटघाट कार्यक्रम हुने भएको छ । “समसामयिक राजनीतिक विषयमा बिशेष भेटघाट कार्यक्रम” हुने जनाइएको छ । 
नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरको आयोजनामा कार्यक्रम हुन लागेको जनाइएको छ । कार्यक्रम विहान ११ बजे हुने जनाइएको छ । कार्यक्रम तिथली चोक गुण्डूमा हुने जनाइएको छ ।
यसैबीच आज जेन्जी आन्दोलनको एक महिना पूरा हुँंदैछ । यसैवीच नेकपा एमाले भक्तपुरले बुधबार भक्तपुरका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । जेन्जीको आन्दोलनको क्रममा विध्वंस मच्चाउनेलाई कारबाहीको माग राखी ज्ञापनपत्र बुझाएको थियो । 
 

Comments